कञ्चनपुर,असोज २६ गते । सप्तरीको छिन्नमस्तामा जारी तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिका टिमले हात पारेको छ ।
शनिवार फाइनल खेलमा त्रियुगा टिमले खड्क नगरपालिकालाई ३–० सेटले पराजित गरेको छ । खेल जितेसँगै त्रियुगा नगरपालिकाले नगद रु १ लाख नगदसहित ट्रफी हात पारेका छन् । दोस्रो भएको खड्क नगरपालिकाले नगद रु ५१ हजार र ट्रफी प्राप्त गरेका छन् ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि सप्तरी जिल्ला समन्वय समितिका अध्यक्ष शिव नारायण साहले विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कार,कप तथा प्रमाणपत्र प्रदान गरेको हो ।
छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा स्थानीय छिन्नमस्ता ’ए’, छिन्नमस्ता ’बी’, नेपाल प्रहरी, नेपाल आर्मी, पाथीभरा टाईगर, खड्क नगरपालिका, त्रियुगा नगरपालिका र धनुषा भलिबल टिम गरी कुल आठ वटा टिमको सहभागिता रहेको थियो।


