बरमझियामा चोरी गर्दै भाग्दा फरार कैदी पक्राउ, स्थानीयको सतर्कताले फेला


कञ्चनपुर ( सप्तरी ),कार्तिक १२ गते। लागु औषध (खैरो हिरोइन) मुद्दामा अदालतबाट सजाय पाएका फरार कैदी विजय यादव बरमझियामा चोरी गर्दै भाग्ने क्रममा स्थानीय बासिन्दा र पसलेको सहयोगमा पक्राउ परेका छन्।
बुधबार बिहान करिब ३:३० बजे विजय यादवले बराझियास्थित डोमि साहको पेडा पसलबाट नगद राखिएको गाला चोरी गरी भाग्ने प्रयास गरेका थिए। तर, शस्त्र केम्प अगाडि पुग्नेबित्तिकै स्थानीयले उनलाई पछ्याएर नियन्त्रणमा लिए।
स्थानियले भने, “विजय यादव नै चोरी गरेर भाग्दै गरेको देख्यौं, तत्क्षण समात्यौं र प्रहरीलाई जानकारी दियौं कि फरार कैदीबन्दीलाई नियन्त्रणमा लिएका छौं।”
पछ्याउँदै गएको स्थानीयको सतर्कतापछि यादवलाई नियन्त्रणमा लिएर बिहान ६:४० बजे इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा बुझाइएको प्रहरीले जनाएको छ।

विजय यादवलाई २०८१ माघमा बेलाबोडरबाट खैरो हिरोइन मुद्दामा पक्राउ गरी अदालतले पाँच वर्ष छ महिनाको कैद सजाय तोकेको थियो। उनले झुमकास्थित कारागारमा नौ महिना कैद काटिसकेका थिए।

२४ वर्षका यादव कञ्चनरुप नगरपालिका–१० बदगामाका स्थायी बासिन्दा हुन्। उनी भारतको चण्डीगढबाट इन्जिनियरिङ अध्ययन गरेका इन्जिनियर हुन् र घनानन्द यादवका एक्ला छोरा हुन्।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार