आशिफ शेखको वेस्टइन्डिजविरुद्ध अर्धशतक


नेपालका ओपनर आशिफ शेखले वेस्टइन्डिजविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी शृङखलाको अन्तिम तथा पाँचौ खेलमा शेखले ३२ बलमा ५० रन पूरा गरेका हुन् ।

उनले अर्धशतक पूरा गर्न ५ छक्का र २ चौका प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल सस्तैमा आउट भएपछि शेखले अनिल शाहसँग मिलेर नेपालको स्कोरसमेत उकास्दै जितको आधार तय गरेका छन् ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार