चतराधाम महाकुम्भ मेलाकाे राष्ट्रपतिद्वारा उद्घाटन


सुनसरी – बराहक्षेत्र नगरपालिका–१ चतराधाममा आजदेखि महाकुम्भ मेला शुरु भएको छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो ।

१२ वर्षे कुम्भ मेलाको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि देशको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिनुभयो ।

आउँदो वैशाख २८ गतेसम्म चल्ने मेलामा ३० लाख जना भक्तजन सहभागी हुने आयोजकको अनुमान छ । मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भ मेला क्षेत्रमा झन्डै पाँचसय व्यापारिक स्टल रहनेछन् ।

कुम्भ मेलाका क्रममा ४० दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री÷वितरण गर्न रोक लगाइएको छ । कार्यक्रममै राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरिएको थियो । यस्तै महाकुम्भकै अवसरमा चतरामा रहेको रामानन्दाचार्य सेवा पीठले पनि आजदेखि नवरात्र अनुष्ठान शुरु गरेको छ ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार