सप्तरीमा  ट्यूसन  पढ्न गएकी १६ वर्षीया छात्रालाई जबर्जस्ती करणी गर्ने शिक्षक पक्राउ


राजकुमार साह

कञ्चनपुर ,फागुन २० गते ।सप्तरीको सप्तकोशी नगरपालिका वडा -२ सिद्दिपुर स्थित गोवर्धन बैरागी जनता उच्च माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकले १६ वर्षीया एक छात्रालाई जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका छन् ।

गोवर्धन बैरागीमा कार्यरत रहेका शिक्षक ३३ वर्षीय रमेश कुमार राउतलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो । सप्तकोसी नगरपालिका घर भएकी १६ वर्षीया छात्रा मंगलबार बिहान करिब ८ बजे स्कुलमा ट्युसन पढ्न गएकी थिइन । पठन पाठन गर्ने सबै छात्र छात्रालाई छुट दिई सकेपछि शिक्षक राउतले पीडित छात्रालाई रोकि परिक्षामा बढी अंक दिने बहनामा ललाई फकाई गरि जवर्जस्ती गर्ने गरेको पीडित छात्राकी परिवारिक स्रोतले बताए ।स्रोता ले भने पीडित छात्राकी गालामा शिक्षकले माेइ खानुका साथै सम्वेदनसिल अंगमा छुदा छात्राले कराउदा  बाहिर रहेका छात्रछात्राहरूले स्कुलको कोठामा पुगि शिक्षक राउतको चङुलबाट बचाए ।

खबर मार्गले ईलाका प्रहरी कञ्चनपुर संग सम्पर्क गर्दा  शिक्षकलाइ पक्राउ गरी  घटनाबारै थप अनुसन्धान भैरहेको जानकारी दिए ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार