प्रयागराज (कुम्भ) स्नान गरेर फर्किनेक्रममा सप्तरीको ३ र सुनसरीको १ जना सहित ४ जनाको मृत्यु ,६ जना घाईते


राजकुमार साह
कञ्चनपुर ,फागुन १० गते ।पछिल्लो अपडेट अनुसार:भारतको युपि राज्य अन्तर्गत प्रयागराज (कुम्भ) स्नान गरेर फर्किदै गर्दा स्कार्पियो गाडी दुर्घटना हुँदा सप्तरीका ३ र  सुनसरीको १ गरी ४जनाको घटना स्थलमै मृत्यु भएको छ भने, ६ जना गमभीर घाईते भएका छन ।

शुक्रवार  युपिको गोरखपुरमा विपरीत दिशाबाट गैरहेको ट्राक्टर र कञ्चनरुपका भक्तजन सवार स्कार्पियो एक आपसमा ठोकिदा घटना स्थलमा ४ जनाको मृत्यु भएको परिवारिक स्रोतले जनाएकाे छ ।

मृत्यु हुनेमा कञ्चरुप -७ का उपेन्द्र नारायण चौधरी (शिक्षक)की श्रीमती लीला देवी चौधरी, पर्शुराम चौधरी , कञ्चरुप-५ पिपरा पुर्वको जितु यादवकी श्रीमती हरिहर देवी यादव र सुनसरी कुसहा गाउँपालिका १की समतोलीया देवी यादव रहेका छन्।घाईतेहरुमा शिक्षक उपेन्द्र नारायण चौधरी, जीतु यादव र उदयपुरका २ जनागरि ६ जना घाइते भएका छन ।घाईतेहरुको गोरखपुरको स्थानीय अस्पतालमा उपचार भैरहेको पारिवारिक श्रोतले जनकारी दिए ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार