राजकुमार साह
कञ्चनपुर ,फागुन ४ गते। स्थानीय वित्तीय सुशासन जोखिम मूल्याकंन (FRA) अनुसार सप्तरीका १८ वटा पालिका मध्ये ९ वटाको परिणाम सार्वजनिक भएको छ ।
जसअन्तर्गत कञ्चनरुप नगरपालिकाको औसत अंक ३७ प्रतिशत मात्र प्राप्त भएको रहेछ भने, ६५ प्रतिशत अंक प्राप्त गरेर सुरुङ्गा नगरपालिका जिल्लाकै उत्कृष्ट अर्थात (मध्यम जोखिम )पालिकामा परेको छ ।
जवकी कञ्चनरुप नगरपालिका गत आर्थिक वर्ष २०७८/०७९ मा ६५ प्रतिशत अंक प्राप्त गरेर जिल्लाको उत्कृष्ट ( मध्यम जोखिम) पालिकामा परेको थियो । मध्यम जोखिमबाट न्यून जोखिममा प्रगति गर्नुको ठाउँमा , आर्थिक वर्ष २०७९/०८० मा ३५.५ प्रतिशत अंक सहित लगातार दुई आर्थिक वर्षदेखि स्थानीय वित्तीय सुशासन जोखिम मूल्याकंनमा कञ्चनरुप पालिका तलको स्थानमा खस्कदै , उच्च जोखिममा पर्दै आईरहेको अवस्था छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहका वित्तीय प्रणाली व्यवस्थित,पारदर्शी ,विधिसम्मत र प्रभावकारी बनाउनको लागि । स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरुको पहिचान गरि लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशानको जोखिम मूल्याकंन सार्वजनिक गरेको छ । मूल्याकंन सूचकहरुको ३ वटा तह रहेका छन भने, मूल्याकंनको विषयक्षेत्र ५ वटा रहेका छन।
मूल्याकंन सूचकको ३ वटा तह अन्तर्गत ,कञ्चनरुप पालिकाले प्रक्रियाको जोखिममा ३४.९१ प्रतिशत अंक प्राप्त गरेको छ भने, नतिजाको जोखिममा ५७.६९ प्रतिशत र वित्तीय अनुशासन जोखिममा ३२.३५ प्रतिशत अंकमात्र प्राप्त गरेको छ । यसैगरी मूल्याकंनको विषयक्षेत्र ५ वटा अन्तर्गत योजना ,बजेट तथा कार्यक्रम व्यवस्थापनमा ४२.८६ प्रतिशत ,कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ३६.२१ प्रतिशत ,लेखाङ्कन तथा प्रतिवेदनमा ४१.१८ प्रतिशत , अंक प्राप्त गरेको छ । त्यस्तै अनुगमन ,मूल्याकंन तथा लेखापरीक्षणमा ३१.२५ प्रतिशत ,राजस्व व्यवस्थापनमा ३२.३५ प्रतिशत सहित कुल औसत ३७ प्रतिशत अंक मात्र कञ्चनरुप पालिकाले प्राप्त गरेको छ ।
यसैगरी राजगढ गाउँ पालिकाले ५५ प्रतिशत अंक प्राप्त गरि स्थानीय वित्तीय सुशासन जोखिम मूल्याकंनमा जिल्लाको दोस्रो स्थानमा परेको छ । बोदेवरसाईन नगरपालिकाले ५३ प्रतिशत अंक प्राप्त गरेर तेस्रो स्थानमा रहेको छ । क्रमश तिलाठी कोईलाडी गाउँपालिका ५२ प्रतिशत , अग्निसाईर कृष्णासवरण गाउँपालिका ४९.५ प्रतिशत , राजबिराज नगरपालिका ४८.५ प्रतिशत , शम्भुनाथ नगरपालिका ४८ प्रतिशत,खडक नगरपालिका ४७.५ प्रतिशत अंक प्राप्त गरेको छ ।
९ वटा पालिकाको फारम सार्वजनिक नभएको मन्त्रालयले जनाएको छ । मूल्याकंन सूचकहरुको तह अनुसार प्रक्रियाको जोखिम अन्तर्गत : कानुनी प्रक्रियाको उल्लङ्घनको जोखिम दर्शाउने सूचकहरु पर्दछन भने, नतिजाको जोखिम अन्तर्गत : जनताको जिवनमा परिणाममुखी र सकारात्मक परिवर्तन नहुने गरि सार्वजनिक स्रोतको प्रयोग हुने जोखिमका सूचकहरु पर्दछ्न । त्यस्तै वित्तीय अनुशासनको जोखिम अन्तर्गत : सार्वजनिक स्रोत साधन शक्ति र अधिकारलाई निजी फाईदाकालागी उपयोग हुने सम्भावनाको जोखिमका सूचकहरु पर्दछ्न ।
वित्तीय सुशासन लेखाजोखाको वर्गीकरण अनुसार ४०अंकभार सम्मलाई उच्च जोखिम मानिन्छ भने, ४१ देखि ८० सम्मको मध्यम जोखिम र ८१ देखि माथी सम्मको अंकभारलाई न्यून जोखिम मानिन्छ ।


