नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु


राजविराज,पुस १९ गते । सप्तरीको सुरुङ्गा नगरपालिका स्थित भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
शुक्रवार विहान कदमाहा उदयपुर सडक खण्ड अन्र्तगत सुरुङ्गा नगरपालिका वडा नं. ३ स्थित पहिचान खुल्न नसकेको सवारीले ठक्कर दिँदा उक्त ठाउका ६० वर्षिय रामबहादुर नेपालको मृत्यु भएको हो । रामबहादुर विहान मर्निङ वाकमा निस्केको बेला नम्बर नखुलेको सवारीले ठक्कर दिएको जिल्ला प्रहरी उपनिरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । ठक्कर दिने सवारीको खोजी भइरहेको उने बताए ।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीयहरुले १ः३० मिनेट सडक अवरुद्ध गरेका थिए । दुर्घटनाबारे अनुसन्धान गर्ने र पीडित परिवारलाई न्याय दिलाउने सहमति भएपछि सडक सुचारु भएको स्थानियले बताए ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार