सहयोगीको १७ औं साधारण सभा सम्पन्न, चालू आर्थिक वर्षकोलागि ४८करोड ७० लाखको बजेट प्रस्तुत


राजकुमार साह
कञ्चनपुर, ६ पुस । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड  कञ्चनरुप नगरपालिका -८ बेरियरको  १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष अनोज कुमार यादवको अध्य्क्षता तथा कञ्चनरुप नगरपालिकाकि उप-प्रमुख मुनाकुमारी पोखरेलको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका बिच साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर उप -प्रमुख पोखरेलले भनिन् , अगामी दिन कञ्चनरुप नगरपालिकाबाट बजेट विनियोजन गरेर पालिका भरिका सहकारीहरुलाई अगाडि बढाउनमा चेतनामूलक कार्य गरेर अझ गतिशील बनाउनमा सहयोग गर्ने प्रतिबद्धता गरिन ।

कञ्चनरुप-२स्थित शाखा कार्यालय महादेपट्टिमा आयोजित कार्यक्रममा तिरहुत गाउँपालिकाका पुर्व अध्यक्ष हेमन्त बहरखेर (मनोज) , ले शुभकामना मन्तव्य दिदै भने,सहयोगी शाखा कार्यालयलाई ६० हजार बराबरको फर्निचर सहयोग गरेको जानकारी गराए । कञ्चनरुप वडा नम्बर -१ का वडा अध्यक्ष रवाण खान, वडा नम्बर -६ का अध्यक्ष बच्चुलाल चौधरी , समाजसेवी भोला मुखिया,दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवान, मिथिला सहकारीका अध्यक्ष राजेन्द्र यादब, समाजसेवी खिकर साहलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

उक्त साधारणसभामा व्यवस्थापक बिनोद कुमार दासले  आर्थिक वर्ष २०८०/८१को लेखा परिक्षण प्रतिबेदन पेश गरे । उनले ४४करोड ५९लाख को आयव्यय प्रस्तुत गरे।
बचत तथा निक्षेप ३५करोड २१लाख ७६हजार ७ सय ८१ रुपैयाँ रहेको प्रस्तुत प्रतिबेदनमा उल्लेख गरिएको छ  । जस अन्तर्गत संघिय सरकारलाई ३३लाख ३७ हजार एक सय ५५ रुपैयाँ सहकारीले कर तिरेको र कुल नाफा सहकारीको १ करोड एक लाख ३४ हजार ३७रुपैयाँ रहेको व्यवस्थापक  दासले बताए । यसैगरी , सहयोगिले ऋण लगानी ३२ करोड १३ लाख ३३ हजार ५ सय १० रुपैयाँ गरेको समेत व्यबस्थापक दासले जानकारी दिए ।

त्यसैगरी संचालक समितिका सचिब शोभाकान्त गुप्ताले चालू आर्थिक वर्ष र गत आर्थिक वर्षको आर्थिक कारोबारको खर्च प्रतिबेदन पेश गरेको थियो ।  सहयोगिका उपाध्यक्ष सञ्जय खडगाले सहभागीहरुलाई मन्तव्य दिदै स्वागत गरेको थियो । उक्त अवसरमा सहकारीले असल ऋण र असल बचत कर्तालाई चाडै सम्मान समेत गर्ने कार्यक्रम रहेको जानकारी गराए । उक्त कार्यक्रमका सञ्चालन कृष्णलाल यादवले गरेको थियो ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार