कप्तानको अर्धशतकमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित


कञ्चनपुर,मंसिर १७ गते । कप्तान अनिल साहको अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ ।

अनिलको ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।
ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे ।
जनकपुर बोल्ट्सले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।

दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए ।

जिम् नीशमले १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।कर्णाली याक्सका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार