मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त


लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन्।

काँग्रेस नेता बस्नेतलाई मुख्यमन्त्री चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारको रूपमा बस्नेतलाई नियुक्त गरेका हुन्।

राजपुर गाउँपालिका ७ निवासी बस्नेतलाई मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची(२ बमोजिम भदौ ३१ गते देखी लागु हुनेगरी प्रमुख राजनीतिक सल्लाहकार पदमा नियुक्त गरिएको हो।

बस्नेतले आइतबार पदभार समेत ग्रहण गरेका छन् । बस्नेतले सहायक मन्त्री सरह सेवा सुविधा पाउने छन्।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार