कञ्चनरुपमा सामाजिक सुरक्षा भत्ता निकासा : असोज सम्मको रकम बैंकमा


कञ्चनपुर ( सप्तरी ) कार्तिक २३ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाका जेष्ठ नागरिक, अपांग, एकल महिला र बालबालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का साउन, भदौ र असोज महिनाको सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्।

नगरपालिकाको लेखा प्रमुख राजेश राज कर्णका अनुसार आज (आइतबार ) कोष तथा लेखा नियन्त्रक (कोलेनिका) कार्यालयले सम्बन्धित बैंकहरूमा रकम पठाइसकेको छ।

नगरपालिकामा लामो समयदेखि नगरसभा विवाद रहँदै आए पनि सामाजिक सुरक्षा भत्ता नगरसभासँग सम्बन्धित नरहेको कारण कोलेनिका कार्यालयले रकम निकासा गरेको उनले स्पष्ट गरे।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार