सप्तरीमा एक वृद्ध पुरुष झुण्डिएको अवस्थामा मृत फेला


कञ्चनपुर, असार १० गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक वृद्ध झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कञ्चनरुप नगरपालिका–३, तत्मा टोल निवासी ७३ वर्षीय मोहन साह आफ्नै घर नजिकको टिनको छानो भएको गाई गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे जानकारी आज बिहान करिब ४:३० बजे ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा प्राप्त भएको थियो। सूचना प्राप्त भएलगत्तै प्रहरी नायब निरीक्षक लेख बहादुर बिष्टको कमाण्डमा प्रहरी टोली खटिएको र घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

झुण्डिएको अवस्थामा फेला परेको स्थान कञ्चनपुर ईलाका प्रहरी कार्यालयबाट करिब ५ किलोमिटर पूर्व–दक्षिणमा पर्छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यस घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धान भइरहेको र मृत्युको कारण खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ। भने सव पोस्टमार्टमको लगी गजेंद्र नारायण सिंह अस्पताल लगेको छ ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार