राजकुमार साह
कञ्चनपुर,असर ८ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जेठ २१ गते तय गरेको ११औं नगरसभाको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी उच्च अदालत राजविराजले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलको निवेदनमा आइतबार उच्च अदालत राजविराजले कञ्चनरुप नगर कार्यपालिकाको कार्यालयलाई सो आदेश जारी गर्दै नगरसभा नगर्न निर्देशन दिएको हो।
उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अदालतले उक्त आदेश दिएको हो। सो मुद्दामा असार १२ गते छलफलका लागि पेशी तोकिएको छ।
उक्त नगरसभामार्फत बजेट प्रस्तुत गर्ने तयारी भइरहेको बेला अदालतको आदेशसँगै नगरपालिकामा थप अन्योल सिर्जना भएको छ।
[विस्तृत विवरण आउँदैछ…]


