कञ्चनरुप नगरपालिकामा विचोलियाको प्रभाव,केही उच्च अधिकारिको मिलोमतोमा लगातार राजस्व छली भैरहेको खुलासा


राजकुमार साह
कञ्चनपुर , जेठ ३० गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा विचोलियाको प्रभाव र केही उच्च अधिकारिको मिलोमतोमा लगातार दुई आर्थिक वर्षदेखि राजस्व छली भैरहेको तथ्य बाहिरिएको छ ।

कञ्चनरुप नगरपालिका –८ स्थित महेन्द्र लोक राजमार्गको दक्षिण पट्टी यहि जेठ २३ गतेदेखि सञ्चालनमा रहेको दाश्रो कञ्चनरुप महोत्सव कानुन विपरीत सञ्चालन गरेको छ भने, पालिकाको बिचोलियाको प्रभावले पालिकाले पाउने राजस्व समेत छलिगरेको तथ्य बाहिरिएको छ ।
स्थानिय प्रसाशन ऐन २०२८ र शान्ति सुरक्षा कायम ऐन विपरित कञ्चनरुप मेला महोत्सव सञ्चालनमा रहेको पालिकाका एक पदाधिकारीले जानकारी दिए । उक्त कानुन बमोजिम मेला तथा महोत्सव सञ्चालन गर्नको लागि कल्बले सम्बन्धित वडा कार्यालय सँग वा पालिका सँग लिखित निवेदन दिएर अनुमती लिनुको साथै मेलामा के कस्तो स्टोलहरु राखने र मेलामा के कस्तो प्रदशर्सनि गराउने समेत निवेदनमा उल्लेख गर्नु पर्ने कानुनी व्यवस्था रहेकोछ ।

निवेदनमा उल्लेख बमोजिम पालिकाले तथा सम्बन्धित वडाले मेला सञ्चालन गर्ने कल्ब सँग राजस्व लिनु पर्ने समेत कानुनी व्यवस्था रहेकोछ । उक्त कानुनी व्यवस्थालाई लतयाउदै ढिठा पोखरी सुधार समितिले बिचोलियाको रुपमा रहेका पालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको छोराको प्रभावमा राजस्व छली गरेकोछ । साथै कानुनी प्रक्रिया बिना ढिठा पोखरी सुधार समितिलाई पालिकाबाट सिफारिस दिलाएका पालिकाको एक स्रोतले जानकारी गराए ।

यस सन्दर्भमा खबर मार्ग डटकमले वडा नम्बर –८ का वडा अध्यक्ष तथा पालिकाको प्रवक्ता समेत रहेको कृष्ण प्रसाद साह सँग सम्पर्क गर्दा उनले भने मेला महोत्सव शुरु गर्नको लागि समितिका पदाधिकारीहरु वडा कार्यालयमा सम्पर्क गर्न आउँदा कानुनी व्यवस्था अनुसार मेला लगाउने ठाउँ सहित सम्बन्धित जग्गा धनिको सहमति कागजात ल्याएपछि मात्र सिफारिस दिने बताए । तर उक्त कानुनी प्रक्रिया पूरा नगरेपछि वडाबाट मेला लगाउने सिफारिस नदिएको समेत प्रवक्ता साहले बताए । मेला सिफारिस गरिदिनको लागि नगर प्रमुख ललन प्रसाद गुप्ताले समेत दवाब दिएको साहले जानकारी दिए । उनले भने जब सम्म कानुनी प्रक्रिया पूरा गरेर समिती आउदैन तब सम्म आफुले सिफारिस नगरिने मेयर लाई जवाफ फर्काएको थिए । साहकै अनुसार नियम विपरीत मेला लगाउने सिफारिस पालिकाले दियो भने, मेला बापत पाउने राजस्व समेत छली भएको छ ।

गैर कानुनी रुपमा मेला सञ्चालन गराउनको लागि विचोलियाको रुपमा मेयरको छोरा आकाश गुप्ताले मेला कम्पनी सँग मोटो रकम लिएको जानकारी समेत आफुले पाएको प्रवक्ताले सबताए ।

कञ्चनरुप पालिकाका राजस्व शाखाकी प्रमुख रन्जना चौधरीका अनुसार कञ्चरुप मेला महोत्सवका समितिले हाल सञ्चालन गरेको मेलाको कुनै किसिमको राजस्व बुझएको छैन भने गत आर्थिक वर्ष २०८०\०८१ मा समेत पहिलो महोत्सव गरेको थियो जसको राजस्व समेत तिरेको छैन ।
पालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काका अनुसार कञ्चनरुप महोत्सवको आयोजना गरिने डिठा पोखरी सुधार समितिले सिफारिस मांग गर्दा कानुन समत नदेखिएको हुनाले पालिकाबाट आफुले जिल्ला प्रसान कार्यालय राजबिराजको नाउँमा कुनै सिफारिस नगरेको दावि गरे । बिना अनुमति सिफारिसको यत्रो महोत्सव कसरी सञ्चालन भैएको हो? त्यस सन्दर्भमा उनले थप जानकारी पाउनको लागि दर्ता चलानी शाखा संग समेत जानकारी लिदा ढिठा पोखरी सुधार समितिको कुनै कागजात तथा निवेदन दर्ता चालिनीमा दर्ता नरहेको खड्काले बताए । तर खवर मार्गको खोजतलासमा प्रमुख प्रशासकिय अधिकृत खडका र नगर प्रमुख ललन प्रसाद गुप्ताको हस्ताक्षर सहितको सिफारिस कागज फेला परेकोछ ।

मेला समितिका अध्यक्ष बिजय मण्डलले मेला लगाउनको लागि समितिले पालिका र जिल्ला प्रसाशनबाट सम्पूर्ण कागजातको प्रमाण सिहत कानुनी प्रक्रिया पुरा गरेको जानकारी दिए ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार