आर्थिक उपार्जनमा सहकारीलाई जोडदिनु पर्ने


राजकुमार साह
कञ्चनपुर , चैत २० गते । “मर्यादित सहकारी , समुन्नत समाज” मुल नारका साथ ६८औं सहकारी दिवस कार्यक्रममा कञ्चनरुप नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय तथा लेखा अधिकृत राजेश राज कर्णले सहकारीहरुलाई आर्थिक उपार्जन तर्फ अग्रसर हुनु पर्नेमा जोड दिएको छ ।

कञ्चनरुप नगरपालिकाको आयोजना र नगर स्तरीय सहकारी संजालको समन्वयमा नगर र्‍याली सहित पालिकाको प्राङ्गणमा एक कार्यक्रम बिच बुधबार ६८ औं सहकारी दिवसको अवसरमा कर्णले आर्थिक उपार्जनमा जोड दिनुको साथै धितो राखी ऋण लगानी गर्न सहकारीलाई सुझाव दिए ।

राष्ट्रिय सहकारी बैंक समन्वयका सदस्य तथा सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनोज कुमार यादवले हालको अवस्थामा सहकारी संस्था चलाउन चुनौती रहेको बताए । उनले भने, सहकारी चलाउनमा असहजता भैरहेकोले सहकारी बिच समन्वय र सहजकर्ताको आवश्यकता रहेको छ। विना धितो ऋण लगानी नगर्न सबै सहकारीलाई अनुरोध गर्दै उनले भने, यदि त्यस्तो ऋण लगानी कुनै सहकारीले गरे भने सम्बन्धित निकाय त्यसको कानुनी जवाफ देहि नहुने बताए ।

सहकारी संस्थाका प्रशिक्षक विनोद कार्कीले कञ्चनरुप पालिका भित्र रहेका सहकारीको अवस्था वारे जानकारी दिदै उनले भने, केही सहकारीले१० वर्षदेखि साधारणसभा लगायत लेखापरीक्षण समेत नगराएको अभियानको कर्ममा देखियो । त्यस्ता सहकारी चलाउन अर्को सहकारी सङ मर्ज गर्न सुझाव समेत कार्कीले दिए।

उक्त दिवसको कार्यक्रममा पालिकाको नगर प्रमुख ललन प्रसाद गुप्ता, उप प्रमुख मुना कुमारी पोखरेल, वडा नम्बर -७ का वडा अध्यक्ष शमान्नद चौधरी र वडा नम्बर – ८ का वडाध्यक्ष कृष्ण प्रसाद साह लगायत जनप्रतिनिधिले शुभकामना मन्तव्य दिदै भने ,पालिका भरिका सहकारीलाई असल र व्यवस्थित सहकारी को रुपमा कार्य गर्नेलाई पालिकाले सहयोग गर्नेछ ।  कमसल सहकारीलाई माथी उठाउन पनि पालिकाले समन्वयको भुमिका निर्वाह गर्ने छन । सहकारीको तर्फबाट अन्नपूर्ण वहुमुखी सहकारी संस्थाका अध्यक्ष सुदम्बर यादव, नवदुर्गा सहकारीकि अध्यक्ष ईश्वरी पोखरेल ,सानाकिसान सहकारिकी अध्यक्ष कल्पना चौधरी लगायतले सहकारीको अवस्था बारे जानकारी दिदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नवदुर्गा सहकारीकि व्यवस्थापक होमा कुमारीले कविता वाचन गरेर आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् भने, रामजानकी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक सिताराम महतोले कार्यक्रमका सहभागीलाई स्वागत गरेका थिए ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार