जवरजस्ती करणी आरोपमा सप्तरीका एक युवक पक्राऊ


कञ्चनपुर,फाल्गुन १९ गते । सप्तरीको महादेवा गाउपालिका–३ स्थित जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्रउ परेका छन ।

बितेको १५ गते बिहिवार राती करिब ९ बजेको समयमा १५ बर्षीया नाबालिकालाई १९ बर्षीय सुमित कुमार यादव (कैला)लाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । पिडित नाबालिका आफ्नै घर बाहिर पिसाब फेर्न निस्कदा आँगनमा रहेको कलमा पानी लिन आएका यादवले पिडितको हात समाती हो–हल्ला गर्न नदिई आफ्नो किराना पसलमा लगी जवरजस्ती करणी गरी फरार भएको थियो ।

प्रहरी चौकी महदेवाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ पछि यादवलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरार्ई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उदय कुमार राईले जानकारी दिए ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार