कञ्चनरुप नापाको प्रशासकीय अधिकृत भएदेखि खड्का सार्वजनिक महत्त्वको सूचना दिनमा अंकुस लगाउदै


राजकुमार साह
कञ्चनपुर , माघ २४ गते ।सार्वजनिक महत्त्वको विषयमा लिखित रुपमा सूचनाको हक सम्बन्धि ऐन,२०६४ बमोजिम हुलाक मार्फत सूचना मांग गर्दा समेत सप्तरीको कञ्चनरुप नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नवराज खड्काले निवेदन फिर्ता गरेर सूचना उपलब्ध गराउनमा अंकुस लगाउदै आएको छ ।

कञ्चनरुप पालिकाले गएको असोज १५ गते कर्मचारीहरुको स्तरवृद्धि सम्बन्धि सार्वजनिक गरेको सूचना बमोजिम अधिकृत खड्काको आठौं तहमा भएको स्तरवृद्धि सम्बन्धि लिखित रुपमा उक्त ऐन बमोजिम सूचना माग गर्दा खड्काले निवेदन लिन असुइकार गर्दै हुलाक कार्यालय कञ्चनपुर सप्तरीलाई फिर्ता गरेको छ ।

स्तरवृद्धि भएको कर्मचारीहरु मध्ये अधिकृत खड्काको स्तरवृद्धिमा फर्जी कार्य भएको जनगुनासो चलिरहेको बेला वास्तविक के रहेछ । सत्य तथ्य जानकारी प्राप्त गर्नको लागि खबर मार्गले लिखित रुपमा सूचना माग गर्दा प्रशासकीय अधिकृत खड्काले निवेदन फिर्ता गरिदेको छ । खबर मार्गले नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन,२०६४ को दफा ३,७ र ३० बमोजिम सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपी उपलब्ध गराई दिनुहुन माघ २० गते पालिकाको कार्यालयमा निवेदन दिदा , खड्काले निवेदन पढेर दर्ता नगरि फिर्ता गरिदिएको थियो । त्यसपछि २२ गते मंगलबार कञ्चनरुप – ८ स्थित रहेको हुलाक कार्यालयमा खबर मार्गले सो निवेदन रष्ट्री ( दर्ता ) गराएको थियो । हुलाक कार्यालयले सो निवेदन पुगाउन बुधबार पालिका गएको थियो । तर, निमित्त प्रशासकीय अधिकृत खड्काले अटेरी गर्दै निवेदन फिर्ता गरिदिएको हुलाक कार्यालयले जानकारी दिए ।
निवेदनमा उल्लेख गरिएको विषयवस्तु : कञ्चनरुप नगरपालिकाले वितेको असोज १५ गते कर्मचारीहरुको स्तरवृद्धि सम्बन्धि प्रकाशित गरेको सूचनामा उल्लेख अनुसार स्तरवृद्धि प्रयोजनको लागि शुरुको नियुक्ति ,वढुवा नियुक्ति , कर्मचारी समायोजन ऐन,२०७५ बमोजिम समायोजन पत्र, शैक्षिक योग्यता लगायतका आवश्यक कागजातहरुको माग बमोजिम ,स्तरवृद्धिको लागि यस कार्यालयका अधिकृत नवराज खड्काले बुझाएको उक्त कागजातहरुको प्रमाणित प्रतिलिपी माग गरेको हो ।यसैगरी कर्मचारीको स्तरवृद्धि सम्बन्धि मधेस प्रदेश सरकारले सूचना जारी गरेको प्रमाणको प्रमाणित प्रतिलिपी ।
कञ्चनरुप न.पा.का नगर कार्यपालिकाको कार्यालय कञ्चनपुरको मिति २०८१/०६/२२ गतेको निर्णयानुसार अधिकृत नवराज खड्कालाई स्थानीय सेवा ( गठन तथा सञ्चालन ) ऐन,२०८१ को परिच्छेद -२ को दफा ४ को उपदफा ६ बमोजिम मिति २०७१/०१/०५ गतेदेखि जेष्ठता कायम हुने गरि स्थानीय सेवा (गठन तथा सञ्चालन ) ऐन,२०८१ को दफा ७ बमोजिम काम काज गर्ने गरि आठौं तहमा स्तरवृद्धि गरिएको प्रक्रियाहरुका निर्णयको प्रमाणित प्रतिलिपी , साथै जेष्ठता कायम गर्न लिएको आधारहरु सहितको प्रमाणित प्रतिलिपी । यस पालिकाको अधिकृत नवराज खड्का स्थानीय तहमा समायोजन भएदेखि हाल सम्मको कार्यसम्पादन मुल्यांकनको प्रगती विवरण सहित स्तरवृद्धि तथा वढुवा समितिको निर्णय र नगरपालिकाको कार्यपालिकाले कार्यरत कर्मचारीहरु मध्ये वरिष्ठ कर्मचारीको रुपमा अधिकृत नवराज खड्कालाई कायम गरेको निर्णयको प्रमाणित प्रतिलिपी सूचनामा माग गरेको हो ।
पालिकाको निमित्त प्रशासकीय अधिकृत नवराज खड्काले भने सूचनामा उल्लेखित बुदाहरु मेरो निजि विवरण सङ सम्बन्धित भएकोले यहाँबाट नभै अदालतबाट लिनु पर्ने उनले बताए । तर, खड्का बहालबाला सार्वजनिक पदमा रहेकोले सूचना को हक सम्बन्धि ऐन,२०६४ को दफा ३० को उपदफा(१) बमोजिम कुनै व्यक्तिले सार्वजनिक निकायमा बहाल रहँदा सार्वजनिक पदसँग सम्बन्धित विषयको सूचना माग गरेमा त्यस्तो निकायले माग भए बमोजिम सम्बन्धित व्यक्तिलाई सूचना उपलब्ध गराउनु पर्ने कानुनी व्यवस्था छ । यसैगरी सोही दफाको (२) मा कुनै सरोकारबाला व्यक्तिले सार्वजनिक निकायमा रहेका आफूसँग सम्बन्धित विषयको सूचना माग गरेमा निजलाई सो सूचना उपलब्ध गराउनु पर्नेछ । तर,उक्त ऐनको विपरीत सूचना उपलब्ध नगराउनुले प्रष्ट देखिन्छ की खड्काको आठौं तह स्तरवृद्धि नियम विपरीत भएको रहेछ ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार