कञ्चनरुपका प्रमुख प्रशासकीय अधिकृत खड्काले जालसाजी कार्य गरेको तथ्य बाहिरियो


राजकुमार साह
कञ्चनपुर , माघ २१ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको बहालबाला प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले जालसाजी कार्य गरेको तथ्य बाहिरिएको छ ।

कञ्चनरुप नरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२को लागि गएको साउन १६ गतेमा दशौ नगर सभा गरेको थियो । उक्त नगरसभाको अध्यक्षता पालिकाको नगर प्रमुख ललन प्रसाद गुप्ताले गरेको थियो भने , हाल निलम्बित अवस्थामा रहेको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहले सभाको सदस्य सचिबको रुपमा रहेकाे थियो । तर, नियम संगत दशौ नगरसभाको उत्तरदायित्व ( क्रेडिट ) तत्कालीन प्रशासकीय अधिकृत साहको हुनुपर्नेमा हालको बहालबाला प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले जालसाजी कार्य गरी  सभाको सदस्य सचिब आफू रहेको पालिकाको बजेट बुकमा प्रमुख प्रशासकीय अधिकृत को रुपमा हस्ताक्षर गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहका अनुसार चालु आर्थिक वर्षका लागि साउन १६ गतेमा पारित भएको दशौ नगरसभाको सदस्य सचिब आफू रहेकोले बजेट बुकमा मेरो नाम हुनुपर्ने हो । उनले भने, बजेट पारित भएको मितिदेखी भदौको अन्तिम सम्म पालिकाको प्रमुख प्रशासकीय अधिकृत म आफै थिए भने पारित बजेटको सदस्य सचिब खड्का कसरी भयो ? जबकि म निलम्बित भएपछि असोजको २ गतेदेखि नवराज खड्का प्रशासकीय अधिकृतको रुपमा पालिकामा कार्य गर्न सुरु गरेको हो ।उनले थपभने बजेट बुक तयार भएर प्रकाशित हुन केही समय लागेपनी त्यसको कानुनी महत्त्व बजेट पारित भएको भोलिपल्ट नैबजेट बुक लागू भैसकेको मान्यता पाएको हुन्छ । अनि खड्काले कसरी बजेट बुकमा सदस्य सचिबको रुपमा अर्थात प्रमुख प्रशासकीय अधिकृतको रुपमा हस्ताक्षर गरेको उनले बताए ।

यदि बहालबाला अधिकृत खड्काले यस्तो कार्य गरेको छ भने, त्यो जालसाजी कार्य गरेको उनले बताए । नाम उल्लेख नगर्ने सर्तमा पालिकाका एक अधिकृतले भने ,बहालबाला प्रशासकीय अधिकृत खड्काले बजेट बुकमा जालसाजी कार्य गरेको छ । कानुन विपरीत सो कार्य गरेको हो । ती अधिकृतले भने आर्थिक वर्षको ६ महिना बितिसक्दा पालिकाको वेबसाईटमा बजेट नराखनुको प्रमुख कारण त्यही जालसाजी कार्य रहेको जानकारी दिए ।

नियम संगत जुन मितिदेखी खड्काले प्रमुख प्रशासकीयको जिम्मेवारी पाएको हो ,त्यो मितिदेखिको कार्यको जिम्मेवारी मात्र उनको दायित्व भित्र पर्छ । तर, बजेट बुकमा प्रमुख प्रशासकीय अधिकृत खड्काले हस्ताक्षर गरेर के प्रमाणित गरिदिएको छ भने, साउन १६ गतेदेखि नै यो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी संघीय सरकारले मलाई दिएको हो । नकि रामनारायण साहलाई ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार