कञ्चनरूपकाे निमित प्रमुख प्रसासकीय अधिकृत सहित १० नपा र १३ गापाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्ध


कञ्चनपुर,माघ १० गते । सप्तरीकाे कञ्चनरूप नगरपालिकाकाे निमित प्रमुख प्रसासकीय अधिकृत नवराज खडका सहित १० नगरपालिका र १३ गाउँपालिकाकाे निमित प्रमुख प्रसासकीय अधिकृतको जिम्मेवारी रद्ध भएकाे छ ।

संघीय मामिला तथा समान्य प्रशासनले २३वटा स्थानिय तहका निमित प्रमुख प्रसासकीय अधिकृतको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरेकाे छ ।
मन्त्रालयले बुधवार गरेकाे निर्णय  अनुसार उक्त बमाेजिमका स्थानिय तहहरूमा निमित भइ आर्थिक तथा प्रशासनिक तर्फ कार्यरत  अधिकृतहरूकाे जिम्मेवारी रद्ध गरेकाे छ।

मन्त्रालयले झण्डै बर्ष दिनदेखि निमित्तको जिम्मेवारीमा रहेका विभिन्न स्थानीय तहको जिम्मेवारी रद्ध गरेको हो । प्रशासन,स्वास्थ्य,कृषि सेवाका अधिकृत छैटौं र सातौं तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुबाट आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरेको जनाएको छ । जसमा १० नगरपालिका र १३ वटा गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्ध गरेको जनाएको छ ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार