कञ्चनरुपमा नियम विपरीत कार्य गरेर मेयरको सार्थि बन्नमा तलिन प्रमुख प्रशासकीय अधिकृत खड्का


राजकुमार साह
कञ्चनपुर , माघ १० गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नियम बिपरित कार्यको निर्णय गरेर ,मेयरको सार्थि बन्नमा तलिन रहेको तथ्य बाहिरिएको छ ।

कञ्चनरुप पालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का चालु आर्थिक वर्ष २०८१/०८२ को लागि मेयर कपको लागि योजना छनोट प्रक्रियादेखि प्रतियोगिता सञ्चालन गरि सम्पन्न गर्ने सम्मको निर्णय पारित गरेर नियम बिपरित कार्य गर्दै मेयर ललन प्रसाद गुप्ताको सार्थि बनेको हो ।

कञ्चनरुप पालिकामा काम गरेका तत्कालीन एक प्रमुख प्रशासकीय अधिकृतका अनुसार , सब भन्दा पहिलो मेयर कप भनिने योजना क्रमागत योजना भित्र पर्दैन । क्रमागत योजना भित्र भौतिक पुर्वधार योजनाहरु पर्छ । जो सञ्चालनमा रहेको योजना विभिन्न कारणले समयमा सम्पन्न नहुदा क्रमागत योजना भित्र राखिन्छ । तर, खेलकुद जस्तो मेयर कप योजना, क्रमागत योजनामा पार्नु नै गलत निर्णय गरेका छन् । उनले थप भने, दोस्रो चाहि नगर स्तरीय योजना भएकोले एक पल्ट प्रतियोगिताको लागि गरेको सार्वजनिक सूचनामा कल्बहरुको प्रक्रिया पुगेन भने,पुनः सूचना प्रकाशित गर्नु पर्ने हो ।

तर, त्यस्तो नगरेर नियम विपरीत शिक्षा शाखाबाट उक्त प्रतियोगिता गराउनु सार्वजनिक खरिद नियमावली ,२०६४ विपरीत समेत रहेको हो भने, यी यस्ता कार्यबाट प्रष्ट देखिन्छ कि प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहेको खड्का पालिकाको हक हित कम , मेयर गुप्ताको सार्थि बढी भएको तत्कालीन प्रशासकीय अधिकृतले बताए । कञ्चनरुप पालिकाको शिक्षा शाखाका प्राविधिक कर्मचारी गुन्देव चौधरीका अनुसार मेयर कप प्रतियोगिता सम्बन्धमा माघको दोस्रो हप्ता ७ गते नगर शिक्षा समितिको अध्यक्ष तथा नगर प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा समितिका पदाअधिकारीहरु समेत बसेको बैठले उक्त प्रतियोगिता शिक्षा शाखाबाट सञ्चालन गरि माघ मसान्त भित्र सम्पन्न गर्ने निर्णय पारित गरेको सत्य हो ।

उक्त प्रतियोगिताको बारेमा चौधरीले भने, गत आर्थिक वर्ष २०८०/०८१ मा यो कप भएको थिएन । किन भने , आर्थिक वर्ष २०७९/०८० मा मेयर कप हुँदा धेरै कानुनी प्रक्रियाको कमि भएको थियो । जसका कारण पुनः त्यही प्रक्रिया अन्तर्गत प्रतियोगिता गर्न खोजदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह प्रतियोगिता गराउन नमानेर सो प्रतियोगिता हुन सकेको थिएन । तर, यसपाली चालु आर्थिक वर्षमा पुनः उक्त प्रतियोगिताको लागि नियम विपरीत निर्णय गरेर शिक्षा शाखाबाट उक्त प्रतियोगिता गराउनु गलत प्रक्रियाको निरन्तरता पाउनु सरह हो भने , शिक्षा शाखालाई प्रतियोगिता गराउन बाध्य परेको अवस्थ समेतरहेको चौधरीले बताए । मेयर कप प्रतियोगिताको लागि पालिकाले बितेको पुस १४ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो । जस अनुसार ४ वटा कल्बले पालिकामा दर्ता गराएका थिए । कञ्चनरुप रोयल क्लब कञ्चनरुप -१२, माँ दुर्गा युवा क्लब -९ ,धर्मेश्वर युवा क्लब -१२ र जण्डोल फुटवल क्ल्ब -१ गरि चारवटा क्लबले दर्ता गराउदा पालिकामा एउटा मात्र क्लब पहिलोदेखि सुचिकृत रहेको चौधरीले बताए ।

धर्मेश्वर युवा क्लबको सदस्य भोला सादाका अनुसार , यदि पालिकाले मेयर कप प्रतियोगिता नियम संगत सञ्चालन गरेन भने कानुनी उपचारको लागि जे गर्नु पर्छ ,त्यो सबै गर्छु उनले बताए । यस सन्दर्भमा खबर मार्गले कञ्चनरुपको प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का सङ सम्पर्क गर्दा खडकाले भने, क्रमागत योजनामा मेयर कप पर्नुदेखी लिएर नगर शिक्षा समितिले गरेको निर्णय सम्म सबै प्रक्रिया कानुन सम्बत रहेको उनले बताए । पालिकाले आर्थिक वर्ष २०७९/०८० मा गरेको मेयर कपको महालेखा परिक्षकले कानुनी त्रुटी उल्लेख गर्दा सैद्धान्तिक बेरुजु समेत ठहर गरेको छ ।

महालेखाको प्रतिबेदन : सार्वजनिक खरिद नियमावली ,२०६४ को दफा १९ (क) मा २० हजार सम्मको मालसामान खरिद गर्दा मुल्य अभिवृद्धि करमा दर्ता नभएका तथा पान बिजक जारी गर्ने उपभोक्तबाट खरिद गर्न सकिने तथा नियम ९८ मा एक तह माथिको स्वीकृतिमा रु. एक लाख सम्मको कार्य अमानतबाट गर्न सकिने व्यवस्था छ । नगरपालिकामा २०७९/१२/०७ देखि नगरस्तरिय खेलकुद कार्यक्रमको रुपमा ४ खेल समावेश गरि मेयर कप सञ्चालन गरेको थियोे ।

उक्त कार्य गर्न कार्यालयको कर्मचारीलाई १० लाख पेश्की दिएर काम गराएको मा कर्मचारीले नगद पुरस्कार बाहेक १८ लाख २६ हजार ३ सय ५३ रुपैयाँ को विभिन्न टुक्रा बिल,सादा कागजको भरपाई पेश गरेको , आधारमा पेश्की फर्छ्योट गरेको र बाँकि रकम शोधभर्ना गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । एक लाख भन्दा बढीको कार्यक्रम अमानतबाट गराउन नपाइने तथा कोटेशनको माध्यमबाट काम गराई सम्बन्धितको खातामा रकम भुक्तानी दिनुपर्नेमा कर्मचारी मार्फत भरपाई गराइ भुक्तानी दिन नमिल्ने प्रतिबेदनमा उल्लेख छ । प्रतिबेदन का अनुसार उदघाटन कार्यक्रम भनी ५ लाख २ हजार ३ सय ६९ रुपैयाँ खर्च गर्नु स्रोतको सदुपयोग मान्न नसकिने जनाएको छ ।

पेश भएका बिलहरु उदघाटन अघि र पछिका मितिका खाजा खाना लगायतका खर्चको समेत पुष्टयाई प्रमाण सन्लन छैन । ६ दिन सम्मको स्टेज र सिलिङ्लगायतको भाडा बापत माँ दुर्गा टेन्टलाई २ लाख ४७ हजार २ सय भुक्तानी गर्दा र फुटवल जर्सी बापत गामी कपडा पसललाई ४ लाख ८६ हजार २ सय १३ रुपैयाँ भुक्तानी गरेकोमा कोटेशन लगायतको प्रक्रिया समेत पूरा गरेको देखिदैन ,भने ती जर्सी वितरण गरेको प्रमाण संलग्न नगरेको प्रतिबेदनमा उल्लेख छ । पालिकाले यस्ता कार्यक्रम गर्दा स्रोतको उपलब्धि हासिल हुने गरि मितव्ययी ढंगले सार्वजनिक खरिद कानुनको पालना गरि कार्यान्वयन गर्नुपर्दछ भनी प्रतिबेदनले जनाएको छ । जुन प्रतियोगिताको सम्पुर्ण अधुरो प्रक्रियालाई मलेपाले सैद्धान्तिक बेरुजु ठहर गरेको छ ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार