कञ्चनरुप नगर अस्पतालले तीन महिनादेखि औषधि वितरण गरे बन्द, दैनिकी औषधि खाने बिरामी पिडामा


राजकुमार साह

कञ्चनपुर ,पुस ७ गते ।सप्तरीको कञ्चनरुप नगर अस्पतालले तीन महिनादेखि बिमाबाट औषधि वितरण नगर्दा दैनिकी औषधि खाने सर्वसाधारण लगायत विपन्न नागरिक रहेका बिरामीहरु पिडामा परेको छ ।

कञ्चरुप – ८ का ब्बलु टेण्ट हाउसका सञ्चालक ब्बलु साहका अनुसार सुगर(डाइबेटिज) , प्रेसर र थाइरेडको औषधि म र मेरि श्रीमती दैनिकी रुपमा खानु पर्छ । तर, कञ्चनरुप नगर अस्पतालले बिमाबाट तीन महिनादेखि औषधि नदिदा प्रत्येक महिना ७-८ हजारको औषधि बाहिरबाट खरिद गरेर खादै आइरहेको उनले बताए । उनले थप भने, यदि अस्पतालले बिमाबाट औषधि दिदैन भने बिमा बन्द गरिदिदा हुन्छ ,कित नगरपालिका र अस्पतालले कुनै विकल्प निकालेर बिमाबाट पाउने औषधिको व्यवस्था मिलाउनु पर्छ ।

कञ्चनरुप नगर अस्पतालका अधिकान्स चिकित्सक ,स्वास्थ्यकर्मीको भनाइ अनुसार ९ महिनादेखि बिमा बोर्डले बिमा बापतको रकम भुक्तानी नदिदा औषधि लगायतका समानहरु खरिद गर्न नसकेकोले बास्तबमा तीन महिनादेखि अस्पतालको फार्मेसीबाट पाउने औषधि वितरण हुन नसकेको जानकारी दिए । अस्पतालको बिमा शाखाका प्रमुख स्वास्थ्यकर्मी आन्नद गुप्ताका दाबी अनुसार २०८१ बैशाखदेखि हालसम्म बिमा बोर्डलाई क्लेम गरेको एक करोड भन्दा बढी रकम भुक्तानी नदिदा मौज्दात रहेको औषधि केही महिनादेखि सकेकोले अस्पतालबाट दिने औषधि तत्काल दिन नसक्ने अवस्थमा रहेको गुप्ताले बताए ।

अस्पतालका प्रशासन शाखाका प्रमुख बिरेन्द्र साहका अनुसार २०८० को चैत मसान्तमा बिमा बोर्डले भुक्तानी दिए पछि अन्तिम भुक्तानी २०८१ को असोजमा ३८ लाख ४९ हजारको हाराहारीमा भुक्तानी दिएको जानकारी दिए । तर ,बिमा बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार , चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम दाबी बमोजिम कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई असोज २१ गतेमा कुल ३८ लाख ४९ हजार २ सय ९१ रुपैयाँ बिमा बोर्डले भुक्तानी गरेको छ । यसैगरी , सोही आर्थिक वर्षको कार्तिक १४ गतेमा दोस्रो दाबीको कुल रकम ८ सय ८० रुपैयाँ गरि कुल ३८ लाख ५० हजार एक सय रुपैयाँ बोर्डले हाल सम्म अस्पताललाई भुक्तानी गरेको हो । जबकि बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ को भुक्तानी ८ चरणमा गरि २०८०असोज ६ गतेदेखि २०८१को भदौ सम्ममा कुल एक करोड ४८ लाख ५३ हजार २९ रुपैयाँ बोर्डले अस्पताललाई भुक्तानी गरि सकेको छ ।

कञ्चनरुप नगर अस्पतालको एक चिकित्सकका अनुसार बिमा बोर्डले भुक्तानी नदिएर नै औषधि वितरण हुने कुनै कारण छैन । उनले भने ,प्रमुख कारण अर्को नैरहेको छ , त्यो हो चालु आर्थिक वर्षको दोस्रो दाबी भुक्तानी कार्तिक १४ गतेमा ८ सय ८० रुपैयाँ । त्यहीँबाट अस्पताल सङ सम्झौता भएको औषधि सप्लायर पछाडि हट्नु । जबकी हालको औषधि सप्लायर को कुनै रकम बाँकि नरहेको स्रोत चिकित्सकले बताए ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार