कञ्चनपुर , माघ ६ गते ।सप्तरीको कञ्चनरुप नगरपालिका -१ स्थित बैरवाको मदरसा कासिमुल उलुमले आयोजना गरेको आँखा तथा कानको जाँच शिविरबाट २ सय ५२ जना विपन्न नागरिक लाभान्वित भएको छ ।

विराट रानी आँखा अस्पताल विराटनगरले सञ्चालन गरेको एक दिने शिविरमा आइतबार विपन्न नागरिकले सेवा लिएर लाभान्वित भएको हो ।
उक्त शिविरका सञ्चालक वडा नम्बर – १ का पुर्व वडा अध्यक्ष करिम शेखका अनुसार कासिमुल मदरसामा पहिलो पटक यस्तो शिविर सञ्चालन भएकोले विपन्न नागरिक सब भन्दा बढी लाभान्वित भएको जानकारी दिए। उनले भने , २ सय ५२ जना आँखा तथा कान जाँच गराएको मध्येमा पुरुष ९८ जना, महिला एक सय २१ जना, बालबालिका २७ जना र अपांग ६ जना गरि कुल २ सय ५२ जनाले निशुल्क सेवा लिदा आफू गर्भ महसुस गरेको सेखले बताए ।
सर्जरी गर्नुपर्ने मोतिबिन्दु बिरामीलाई उपचारमा लाग्ने खर्चको ५० प्रतिशत छुटको समेत व्यवस्था रहेको उनले भने, बिरामीलाई विराटनगर लिएर जान आउनको लागि , बिरामीको कुनै भाडा लाग्ने छैन । हामी फिर्मा लिएर जान्छौं ।


