राजकुमार साह
कञ्चनपुर ,माघ ६ गते । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयद्वारा आयोजित ५३ औ विपद व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका -२ स्थित सशस्त्र प्रहरी बल, विशेष कार्य तालिम शिक्षालय बरमझियामा सञ्चालित उक्त तालिम एक कार्यक्रम बीच आइतबार सम्पन्न भएको हो । विपद व्यवस्थापनको कार्यमा खटिदै आएको सशस्त्र प्रहरी बल, नेपालमा विपद व्यवस्थापनका लागी तालिमरत ५३ औ टोलि तयार भएको छ।

बरमझीया स्थित सशस्त्र प्रहरी बलको प्राङ्गणमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको प्रमुख आतिथ्यतामा सि.सं. ५३ विपद व्यवस्थापन तालिमको समापन भएको छ। उक्त समापन कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा कन्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ता र हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख विरेन्द्र माझीको उपस्थीति रहेकाे थियो ।
कार्यक्रममा प्रशिक्षार्थीले भुकम्प र आगलागीको समयमा गरिने उध्दारकाे साथसाथै खोँचमा पसेका व्यक्तिको उध्दार र्याप्लिङ्ग क्लाईक्बिङ्ग, प्राथमिक उपचार लगाएत तालिममा सिकेका विषयहररुसगँ सम्बन्धीत कृतिम अभ्यासहरुको प्रदर्शन गरेका थिए ।समापन समारोहमा सशस्त्र प्रहरी बल, नेपालमा उपलब्ध विपद व्यवस्थापनसँग सम्बन्धीत उध्दार सामाग्रीको प्रदर्शनी समेत गरिएको थियो ।

११ हप्ता अवधिको उक्त तालिममा ४८ जना सशस्त्र प्रहरीका कर्मचारीहरु सहभागी रहेकाे थियाे । साे समाराेहमा प्रशिक्षार्थीहरुलाई प्राथमिक उपचार, भत्किएका संरचानामा खोज तथा उध्दार, शव व्यवस्थापन, फायर फाईटिङ्ग, रोप रेस्क्यु, हवाई तथा सडक दुर्घटना, लोजेस्टिक व्यवस्थापन ,जलोत्पन्न प्रकोप उध्दार, विपद पछिको उध्दार, राहत र पुनःस्थापना लगाएतका विषयहरुमा प्रशिक्षण गराईएको शिक्षालयले जनाएको छ।
समापन कार्यक्रममा तालिममा उत्कृष्ट हुने सशस्त्र प्रहरी नायव उपरीक्षक सितल श्रेष्ठ पुरस्कृत भएका थिए, भने सफल प्रशिक्षार्थीहरुलाई विपद् उध्दारको कुम चिन्हद्बारा सुसोभन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले प्रशिक्षार्थीहरुलाई बधाई दिदै सशस्त्र प्रहरी बल, नेपालले विपद व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै कार्यसम्पादन गर्दै आएको र प्रकोप र उध्दार भन्ने वित्तिकै सशस्त्र प्रहरी बल,नेपालको नाम जनमानसमा बस्दै गएको बताए ।धौवजीले तालिममा दिक्षित प्रशिक्षार्थीहरुलाई विपदकाे समयमा उत्कृष्ठ ढंगले कार्य सम्पादन गर्न निर्देशन समेत दिए ।

कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले स्थानिय निकायहरु संग विपद व्यवस्थापन सम्बन्धि जनचेतना जगाउने , उध्दार तथा पुनःस्थापनाको कार्यमा सशस्त्र प्रहरी बलले उत्कृष्ठ ढंगले समन्वय गर्दै आएको बताए । हनुमाननगर नगरपालिका प्रमुख बिरेन्द्र माझीले विपद व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाललेगर्दै आएको कार्यहरुको प्रशंसा गरे ।

तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले शिक्षालयमा पहिलो पटक संचालन भएको विपद व्यवस्थापन तालिमबाट विपद व्यवस्थापनसंग सम्बन्धीत विशिष्ट दक्षता प्राप्त गरेका जनशक्ति तयार गरिएको जानकारी गराउदै उनले भने , भविष्यमा उनिहरुबाट उत्कृष्ट सेवा प्रवाह हुने बताए । कार्कीले विपद व्यवस्थापन तालिमकै लागि शिक्षालय प्राङ्गणमा ३० फिट अग्लो र्याप्लिङ्ग क्लाईम्बिङ्ग टावर निर्माण गरिएको जानकारी समेत गराए । साथै उनले भने आउने २० गतेबाट एसटिएफको विशेष कार्य तालिम समेत संचालन हुने जानकारी गराए ।
कार्यक्रममा जिल्ला स्थित सशस्त्र प्रहरी बल, नेपालका कार्यलयहरुका प्रमुखहरु, स्थानिय निकायका प्रतिनिधीहरु, शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी, रेडक्रस सोसाईटिका प्रतिनिधीहरु,लगाएत विभिन्न संचार माध्यमका कार्यरत पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।


