चन्द्र नहर सिचाइ जल उपभोक्ताको साधारणसभा सम्पन्न


राजकुमार साह
कञ्चनपुर ,२६ पुस । सप्तरीको चन्द्र नहर सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाको साधारणसभा सम्पन्न भएको छ ।

सिचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महत्मानको अध्यक्षता तथा समितिका जेष्ठ सदस्य लालसिंह चौधरीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहका विच साधारण सभा सम्पन्न भएको हो ।
कञ्चनरुप नगरपालिका -८ कञ्चनपुर स्थित सिचाइ कार्यालयको प्राङ्गणमा आयोजित साधारणसभामा जल उपभोक्ता संस्थाका कोषाध्यक्ष अशाराम चौधरीले आर्थिक २०८०/०८१ को एक करोड ७१ लाख१५ हजार ३ सय १५ रुपैयाँको आयब्याय प्रसुत गरे ।

ब्याय (खर्च ) तर्फ एक करोड ७१ लाख ११ हजार एक सय ४९ रुपैयाँ रहेको छ भने बचत ४ हजर एक सय ६५ रुपैयाँ रहेको प्रस्तुत प्रतिबेदनमा उल्लेख गरिएको छ ।

आम्दानी तर्फ कोशी चन्द्रनहर सिंचाइबाट एक करोड ५५ लाख २९ हजार ५ सय १० रुपैयाँ , अग्रिम कर कट्टी २ लाख ३२ हजार ९ सय ४४रुपैयाँ , धरौटी कट्टा ५ प्रतिशत ७ लाख ७६ हजार ४ सय ७७ रुपैयाँ ,सिंचाइ सेवा शुल्क ४० हजार,गत वर्षको धरौटी १२लाख ३ हजार २ सय २१ रुपैयाँ र जनश्रमदानबाट १४ लाख ५२ हजार ५ रुपैयाँ गरि कुल एक करोड ७१ लाख १५ हजार ३ सय १५ रुपैयाँ आम्दानी भएको कोषाध्यक्ष चौधरीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी खर्चतर्फ नहर मर्मत तथा निर्माण खर्चमा एक करोड ६८ लाख ९७ हजार ८ सय ८५ रुपैयाँ ,कर्मचारी तलब १ लाख २० हजार,स्टेसनरीमा ३ हजार ९ सय, सिचाइ सेवा शुल्क २५ हजार,पानी बिजुली टेलिफोन खर्च ६ हजार, ३ सय ,विविधमा ३१ सय,इन्धनमा ५ हजार ५ सय अतिथी सत्कारमा ६ हजार २ सय,ह्रास १५ हजार १४ रुपैयाँ , मर्मतमा ३ हजार २ सय ५० रुपैयाँ र लेखापरीक्षक शुल्क २५ हजार गरि कुल एक करोड ७१ लाख ११ हजार एक सय ४९ रुपैयाँ खर्च भएको प्रतिबेदनमा जनाएको छ ।

साधारणसभामा संघ सरकारका पुर्व मन्त्री सत्यनारायण मण्डल , कञ्चनरुपका निबर्तमान मेयर बसन्त मिश्र , समाजसेवी रामु यादव ,विश्वनाथ न्यौपाने, जगरनाथ मण्डल , भुवनेश्वर यादव , जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष विनोद दत्त, इलाका बन कार्यालय कञ्चनपुरका राम स्वर्ण महत,कोशी पम्प चन्द नहर सिंचाइ व्यवस्थापन कार्यालय सप्तरीका प्रमुख सुर्यनारायण चौधरी र समितिका उपाध्यक्ष रामदेव साहले शुभकामना मन्तव्य व्यक्त गरे । मुल समितिका सचिब विष्णुदेव यादवले स्वागत तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।

कार्यक्रममा चन्द नहर सिचाइ प्रणाली जल उपभोक्ता संस्था अन्तर्गत सप्तकोसीदेखि महदेवा पालिका सम्मका ११वटा शाखाका कृषकहरूको उपस्थिति रहेको थियो ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार