कञ्चनरुपले केही विद्यालयमा स्थानीय पाठ्यक्रम लागु भएको झुटो विवरण गरे सार्वजनिक


 राजकुमार साह
कञ्चनपुर , पुस १६ गते ।कञ्चनरुप नगरपालिकाले केही सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागु भएको झुटो विवरण सार्वजनिक गरेको तथ्य बाहिरिएको छ ।

पालिकाले शैक्षिक गुणस्तर सम्बन्धि ६ वटा इन्डिकेटर ( सुचान्क) लिएकोमा ८ वटा सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रममा पढाई भैरहेको झुटो विवरण सार्वजनिक गरेको छ ।

कञ्चनरुप पालिकाकाले सार्वजनिक गरेको नगर वस्तुस्थिति विवरण ,२०८१ अनुसार पालिका भरिमा हालसम्म जम्मा ३५ वटा सामुदायिक विद्यालय र २३ वटा संस्थागत विद्यालय रहेको उल्लेख गरेको छ । उक्त विवरण बमोजिम , शैक्षिक गुणस्तर सम्बन्धि विवरणमा ईन्टरनेट सुविधा भएको विद्यालय,स्थानीय पाठ्यक्रम लागु भएको विद्यालय, अपांग स्रोतकक्षा,बाल क्लब गठन, बालमैत्री शिक्षण विविधको प्रयोग भएको र विद्यालय सुधार योजना अधावधिक गरि ६ वटा सुचान्क लिएको छ ।

जस अन्तर्गत ३५ वटा सामुदायिक विद्यालय मध्ये ८ वटा मदरसा विद्यालयमा स्थानीय पाठ्यक्रम लागु भएको उल्लेख गरिएको छ । उक्त ८ वटा मदरसा मध्ये ३ वटा सँग सम्पर्क गर्दा स्थानीय पाठ्यक्रम लागु नभएको बताए । मदरसा मुनबेरुल इस्लाम बैरवाका शिक्षाका सनाज खानका अनुसार धार्मिक शिक्षाको रुपमा उर्दु , नेपाली ,गणित ,अङ्ग्रेजी , सेरोफेरो लगायत संघिय सरकारको पाठ्यक्रम पढाई भैरहेको हो । स्थानीय पाठ्यक्रममा अधारित कुनै पढाई नभैरहेकाे उनले बताईन । कुनै पनि धार्मिक विषयको पढाई स्थानीय पाठ्यक्रम अन्तर्गत मान्यता पाउछ कि पाउदैन ? भने सन्दर्भमा सर्वोदय माध्यमिक विद्यालाय कञ्चनपुरका प्रधानाध्यापक तारानन्द मल्लिक र महेन्द्र जनता माध्यमिक विद्यालय सितापुर बलुवाका प्रधानाध्यापक माेहम्द सलिम सहितले मान्यता नपाउने बताए ।

यस सन्दर्भमा पालिकाका शिक्षा शाखा सँग खबर मार्गले सम्पर्क गर्दा शाखाले हालसम्म कुनै किसिमको स्थानीय पाठ्यक्रम पालिका भरी रहेको विद्यालयमा लागु नभएको जानकारी दिए ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार