नगर प्रमुख गुप्ताले आर्थिक चलखेलमा ९ जना बैकल्पिक उमेदवारलाई भर्ना गर्न शिक्षा शाखालाई दबाब दिदै


राजकुमार साह
कञ्चनपुर ,पुस १४ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले आर्थिक चलखेलमा नियमविपरीत ९ जना बैकल्पिक विद्यालाय सहयोगीलाई भर्ना गर्न ,शिक्षा तथा युवा खेलकुद शाखालाई दबाब दिई रहेको तथ्य बाहिरिएको छ ।

कञ्चनरुप पालिकाले सामुदायिक विद्यालयका लागि आर्थिक वर्ष २०८०/०८१ मा विद्यालय सहयोगी कर्मचारीको लागि गरेको विज्ञापन अनुसार बितेको मंसिर २५ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता परिक्षामा ५७ जना उमेदवार सहभागी थियो । जसमध्ये १० जना सफल योग्यता क्रमसुचिमा परे भने, ९ जना उमेदवारलाई पालिकाले बैकल्पिक योग्यता क्रमसुचिमा राखे । सोही बैकल्पिक ९ जनालाई आर्थिक चलखेलमा नियम विपरीत भर्ना गर्नको लागि नगर प्रमुख गुप्ताले , शिक्षा शाखालाई दबाब दिइरहेको तथ्य बाहिर आएको छ ।

नगरपालिकाका एक स्रोतका अनुसार मेयर गुप्ताले नियम विपरीत बैकल्पिकहरुलाई भर्ना गर्नको लागि दवाब दिई रहेको बताउदै भने, मेयर गुप्ताले सहयोगी कर्मचारी सन्दर्भमा माइनुट ( रजिस्टार ) मा निर्णय भएको खाली ठाउँमा ९ जनाको भर्ना गर्ने सन्दर्भको निर्णय लेखेर टिप्पणी उठाउनु । बाँकी कस कसको सहि छाप गराउनु पर्छ त्यो म गर्छु भनेर मेयरले दबाब दिईरहेको स्रोतले बताए । उनले भने जतिबेला पनि कर्मचारीलाई अफ्ट्यारोमा पारेर आफ्नो स्वार्थ सिद्ध गर्नमा मेयर गुप्ता तत्पर देखिन्छ ।

नगरपालिकाको शिक्षा समितिका एक सदस्यका अनुसार विद्यालयको लागि चाहिने १० सहयोगी कर्मचारी भर्नाको लागि विज्ञापन भएको थियो । उक्त विज्ञापन अनुसार १० जनाको भर्ना कार्यपनी भैसकियो । उनले भने ,यदि थप सहयोगी कर्मचारी चाहियो भने पुनः नियमसङ्त गर्नु पर्ने ठाउँमा । मेयर गुप्ताले हचुवाको शैलीमा नियम विपरीत ,आर्थिक चल खेलमा ९ जना बैकल्पिकहरुलाई भर्ना गर्न लागेको सहि सत्य हो । स्रोतले भने,जसको लागि केहिदिनदेखी मेयर गुप्ताले शिक्षा शाखालाई दवाब दिई रहेको पनि सत्य हो । तर, त्यस्तो कार्य नगर्न गराउनको लागि शिक्षा शाखा र प्रमुख प्रशासकीय अधिकृत समेतलाई जानकारी गराएर सचेत हुन भनेको समितिका सदस्यले बताए ।

पालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काका अनुसार नियम संगत जब सम्म शिक्षा समितिको बैठकबाट प्रक्रिया मिलाएर निर्णय हुदैन , तब सम्म बैकल्पिक ९ जनाको भर्ना नहुने उनले बताए । यस सन्दर्भमा खबर मार्गले कञ्चनरुप नगरपालिकाको नगर प्रमुख ललन प्रसाद गुप्ता सङ सम्पर्क गर्दा उनले भने, ९ जना रहेको बैकल्पिक सहयोगी उमेदवारलाई आवश्यकता अनुसार पद पुर्ती गरिने छ ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार