जनकपुर बोल्ट्स बदला लिँदै बने च्याम्पियन


कञ्चनपुर,पुस ६ गते । जनकपुर बोल्ट्स क्वालिफायर वानमा व्यहोरेको हारको बदला लिदै नेपाल प्रिमियर लिगको उपाधि जितेको छ ।

सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर बोल्टस च्याम्पियन बनेको हो ।
जनकपुर बोल्टसको तर्फबाट मिलान्थाले फाइनलमा उत्कृष्ट ब्याटिङ गरेकोछ । उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाएका हुन् । पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेका थिए ।

त्यसैगरी हर्शक थाकरले अविजित ३० रन जोडे । थाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । वान डाउनमा ब्याटिङमा आएका मोहम्मद मोहसिनले ९ रन बनाएर आउट भए । जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । विजयी रन प्रहार गरेका मयन यादव २ रनमा अविजित रहे ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
फाइनलमा सानदार ब्याटिङ गर्दै विजयी इनिङ्स खेलेका मिलान्था सर्वाधिक रन बनाउने खेलाडी बने । पहिलो खेलमा पनि अरध्शतक बनाएका उनले दुई अर्धशकसहित १० खेलमा सर्वाधिक २९३ रन बनाएका हुन् ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार