कञ्चनरुपले ५ महिनादेखी चालु आर्थिक वर्षको बजेट सार्वजनिक नगर्दा , बजेट बारे बुझन नागरिक बन्चित


राजकुमार साह
कञ्चनपुर ,पुस ३ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले चालु आर्थिक वर्षको बजेट हालसम्म सार्वजनिक नगर्दा सर्वसाधारण नागरिक बजेट बारे बुझनबाट बन्चित भएका छन् ।

चालू आर्थिक वर्ष २०८१/०८२ को ५ महिना बितिसक्दा समेत पालिकाले विनियोजन बजेट सार्वजनिक गरेको छैन । जस कारण आम नागरिकले छनोट गरेको योजना र उक्त योजना बमोजिम पालिकाले विनियोजन गरेको बजेटको जानकारीबाट सर्वसाधारण बन्चित भएका छन् । कञ्चनरुप पालिकाले चालु आर्थिक वर्षको लागि दशौ नगरसभाबाट अनुमानित ७६ करोड ९३ लाख ५० हजार एक सय रुपैयाँको विनियोजन विधेयक र आर्थिक विधेयक बजेट २०८१ प्रस्तुत गरेको थियो । तर, चालु आर्थिक वर्षको ५ महिना बितिसक्दा समेत कुन शिर्षक / उपशिर्षक,योजना र आयोजनामा कति बजेट विनियोजन गरेको छ , भन्नेबारे बुझ्नबाट पालिकाको नागरिक बन्चित रहेको निर्वाचित एक जनप्रतिनिधिले बताए ।

कञ्चनरुप पालिकाका प्रवक्ता तथा वडा-८ का वडा अध्यक्ष कृष्णा प्रसाद साहका अनुसार आर्थिक वर्षको ५ महिना वितिसक्दा पालिकाले हालसम्म रेडबुक तयार गरेको छैन भने, पालिकाको वेबसाईटमा समेत राखेको छैन । हामी समय – समयमा यसबारे प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउदै आएको उनले भने ।तर के कारणले हालसम्म सार्वजनिक नगरेको बारे थाहा नभएको प्रवक्ता साहले बताए ।

यसबारे खबर मार्गले पालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का सङ सोमबार सम्पर्क गर्दा केहिदिनमा एक हजार पिस रेडबुक छपाइ गरेर वितरण गर्ने योजना रहेको खड्काले बताए । साथै उनले भने, आजै पालिकाको सुचना अधिकारी (आईटी) लाई भनेर वेबसाईटमा राख्न निर्देशन गर्छु । तर, यो समाचार तयार पार्दा सम्म चालु आर्थिक वर्षको विनियोजन विधेयक बजेट पालिकाको वेबसाईटमा राखेको छैन ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार