कञ्चनरुपका प्रतिव्यक्तिले एक वर्षमा ४ सय ३२ रुपैयाँ तिरे कर, पालिकाले असुल गरे ढाइ करोड भन्दा बढी


राजकुमार साह
कञ्चनपुर ,पुस १ गते ।सप्तरीको कञ्चनरुप नगरपालिकाले एक वर्षमा २४ वटा क्षेत्रमा कर असुल गरेर ढाई करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।

कञ्चनरुप पालिकाले गएको आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न क्षेत्रबाट २ करोड ५३ लाख १० हजार ७ सय ७८ रुपैयाँ कर (राजस्व ) असुल गरेका छन् । कञ्चनरुप पालिकाका प्रत्येक नागरिकले एक वर्षमा ४ सय ३२ रुपैयाँका दरले कर तिरेका हुन् । जस अन्तर्गत राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार कञ्चनरुप पालिका भित्र कुल ५८ हजार ४ सय ६६ जनसंख्या रहेको छ ।

कञ्चनरुप पालिकाका राजस्व शाखाले दिएको जानकारी अनुसार वडा नम्बर–८ ले सबै भन्दा बढी १७ लाख ४६ हजार ८ सय ६४ रुपैयाँ कर असुल गरेको हो भने, सब भन्दा कम वडा–२ ले २ लाख ४६ हजार ९ सय ५० रुपैयाँ कर असुल गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को तुलनामा वडा–२ ले ४७ हजार ६ सय ५२ रुपैयाँँ कम राजस्व असुल गरेको राजस्व शाखाले जानकारी दिए ।

कञ्चनरुपमा १२ वटा वडा रहेका छन् । वडाहरु बाहेक नगरपालिका आफैले एक करोड ७४ लाख १६ हजार २३ रुपैयाँ कर असुल गरेका हुन् । वडा नम्बर–१ ले २ लाख ९६ हजार ६ सय ५८ रुपैयाँ , वडा–३ ले ४ लाख ७ सय ९७ रुपैयाँ, वडा–४ ले ६ लाख २५ हजार ८ सय १२ रुपैयाँ , वडा–५ ले ४ लाख ६० हजार ८ सय ४६ रुपैयाँ कर असुल गरेको छ ।

यसैगरी वडा–६ ले ४ लाख ५३ हजार ५ सय ७९ रुपैयाँ,वडा–७ ले ६ लाख ३९ हजार ५ सय २६ रुपैयाँ, वडा–९ ले ३ लाख ९२ हजार ९ सय ४६ रुपैयाँ,वडा–१० ले ३ लाख ५ हजार ६ सय ३६ रुपैयाँ, वडा–११ ले ५ लाख ९९ हजार ९ सय ७२ रुपैयाँ र वडा–१२ ले ८ लाख ४ हजार ३ सय ६८ रुपैयाँ कर असुल गरेका छन् । पालिकाले कर असुल गरेको २४ वटा क्षेत्र अन्तर्गत मालपोत असुली ,घर बहाल कर, बहाल बिटोरी कर, अन्य प्रशासनिक शुल्क ,ब्यक्तिगत घटना,सिफारिस दस्तुर, शिक्षा सेवा शुल्क रहेको छ ।

यस्तै अन्य मनोरञ्जन कर , विज्ञापन शुल्क ,नक्शा दस्तुर, घर नक्शा अभिलेखिकरण कर ,सरकारी सम्पत्ति बहाल कर, न्याय समिती फर्म नविकरण कर, दण्ड जरिवाना कर , “घ” वर्ग इजाजत तथा नवीकरण कर, सवारी साघनबाट कर , विज्ञापन कर, पोखरी ठेक्का, हटिया ठेक्का ,सटर भडा कर लगायत बैक अनुसार बाँकी रकम असुल गरि, पालिकाले सर्वसाधारण बाट ४ सय ३२ रुपैयाँ परव्यक्तीका दरले उक्त कर असुल गरेका छन् ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार