स्व . राजु गौतम क्रीकेट प्रतियोगिताको ट्रफी माथी कब्जा शंकर मा.वि.को


कञ्चनपुर,मंसिर २३ गते । स्व. राजु गौतम दोस्रो विद्यालय स्तरीय टि-२० क्रीकेट प्रतियोगिताको ट्रफी माथी कब्जा शंकर माध्यमिक विद्यालय रुपनगर सप्तरीले हात पार्न सफल भएका छन् भने, उप बिजेता बालबोध स्केन्ड्री स्कुल भएको हो ।कञ्चनरुप नगरपालिका -१२ स्थित भट्टी खेल मैदानमा सञ्चालन रहेको ,उक्त प्रतियोगिताको फाइनल आईतवार भएको खेलमा शंकर माध्यमिक विद्यालय रुपनगरले एकसय ३९ रनले जित हात पार्दै ट्र्फी जितन सफल भएका हुन् ।

शंकर माध्यमिक विद्यालय र बालबोध बोर्डिङ स्कुल बिच भएको फाइनल खेलमा १२ ओभरमा सबै विकेट गुमाउदै जम्मा ८१ रन मात्र बनाउन सफल भएका बालबोधले उपबिजेता भएका छन् ।शंकर माध्यमिक विद्यालयका खेलाडी मुकेश कामैतले ३५ बलमा ६२ रन बनाएको थियोे । साथै कामैतले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिदै म्यान अफ द म्याछ घोषित भएका हुन् । शंकर माध्यमिकले टस जितेर ब्याटिङ रोजेको थियो । जसमा २० ओभरको खेलमा २ सय २० रनको विशाल लक्ष्य खरा गरेको शंकर माध्यमिकले १२ ओभरमा बालबोध स्कुलको सबै बिकेट लिइएको थियो ।

शंकर माध्यमिक स्कुलका निरज साहले ३१ बलमा ५८ रन बनाउदै नकाउट रहेका थिए ।म्यान अप द शिरिज बालबोध स्कुलका खेलाडी अभिमन्यु सरदार घोषित भएको हो । भने बेस्ट ब्याटस म्यान इन्टर नेशनल स्कुलका रौनक सिंह भएको हो । यसैगरी सोही स्कुलका बेस्ट बोलर सुरज मण्डल घोषित भएका हुन् ।

फेयर प्ले अवार्ड सर्बोदय उच्च माध्यमिक विद्यालय लाई दियो भने बेस्ट फिल्डरको अवार्ड चिल्ड्रेन बोर्डिङ स्कुलका एमडी रहमत तुलालाई दियो । पूरा प्रतियोगितामा सब भन्दा बढी छ्का हान्ने (२२ ) छका लगाउने खेलाडी आरडी मेमोरियल स्कुलाका मजोज यादब घोषित भएको हो ।

बिजेता स्कुलका खेलाडीलाई ट्रफी कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले प्रदान गरेको थियो भने उपबिजेता स्कुलका खेलाडीलाई प्रतियोगिताको आयोजक कञ्चनरुप -१२ का रोयल क्लबका अध्यक्ष अभिषेक गौतमले प्रदान गरेको थियो ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार