कञ्चनपुर,मंसिर २२ गते । स्व. राजु गौतम दोस्रो विद्यालय स्तरीय टि-२० क्रीकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको परिणाम अनुसार शंकर माध्यमिक विद्यालय रुपनगर सप्तरी फाइनलमा पुगेको छ ।
कञ्चनरुप नगरपालिका -१२ स्थित भट्टी खेल मैदानमा सञ्चालन रहेको ,उक्त प्रतियोगिताको दोस्रो सेमिफाइनल शनिबार भएको खेलमा शंकर माध्यमिक विद्यालय रुपनगरले एकसय २८ रनले जित हात पार्दै फाइनल खेलमा पुग्ने दोस्रो टिम भएका हुन् ।
शंकर माध्यमिक विद्यालय र इन्टर नेशनल बोर्डिङ स्कुल बिच दोस्रो सेमिफाइनल खेल हुँदा १४.४ ओभरमा सबै विकेट गुमाउदै कुल ५६ रन मात्र बनाउन सफल भएका इन्टर नेशनल प्रतियोगिताबाट बाहिर भएका छन् ।शंकर माध्यमिक विद्यालयका खेलाडी सुरज यादवले २२ बलमा ५० रनको साथै ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिदै म्यान अफ द म्याछ घोषित भएका हुन् ।
भोलि (आइतबार ) बिहान १० बजे हुने फाइनल खेल बालबोध स्केन्ड्री स्कुल र शंकर माध्यमिक विद्यालय रुपनगर बिच हुने छ ।लिटिल फलावर स्केन्ड्री बोर्डिङ स्कुल र बालबोध बोर्डिङ स्कुल कञ्चनरुप सप्तरी बिच पहिलो सेमिफाइनल खेल हुँदा ,लिटिल फलावरले एकसय ३६ रनको टार्गेट दिएको थियो । उक्त टर्गेटलाई बालबोधले केबल १३ ओभर ४ बलमा लक्ष्य हासिल गरेर फाइनलमा पहिला नै पुगि सकेका छन् ।
बालबोध स्कुलका खेलाडी अभिमन्यु सरदार ४३ बलमा ५१ रनको अर्धस्तक पारी खेलदै आफ्नो टिमलाई जिताउन सफल भए । सरदार न्काउट रहदै म्यान अप द म्याछ समेत घोषित भए । लिटिल फलावर स्कुलका खेलाडी ललित यादव ३१ बलमा ३४ रन बनाएको थियो ।


