कञ्चनपुर,मंसिर २२ गते । स्व. राजु गौतम दोस्रो विद्यालय स्तरीय टि-२० क्रीकेट प्रतियोगिता खेलको फाइनलमा बालबोध स्केन्ड्री बोर्डिङ स्कुल पुगेको छ ।
कञ्चनरुप नगरपालिका -१२ स्थित भट्टी खेल मैदानमा सञ्चालन रहेको ,उक्त प्रतियोगिताको पहिलो सेमिफाइनल शनिबार भएको खेलमा बालबोध स्कुल ७ बिकेटले जित हात पार्दै फाइनल खेलको लागि पुग्ने पहिलो टिम भएका हुन् ।
लिटिल फलावर स्केन्ड्री बोर्डिङ स्कुल र बालबोध बोर्डिङ स्कुल कञ्चनरुप सप्तरी बिच पहिलो सेमिफाइनल खेल हुँदा ,लिटिल फलावरले एकसय ३६ रनको टार्गेट दिएको थियो । उक्त टर्गेटलाई बालबोधले केबल १३ ओभर ४ बलमा लक्ष्य हासिल गरेर फाइनलमा पुग्न सफल भएका छन् । बालबोध स्कुलका खेलाडी अभिमन्यु सरदार ४३ बलमा ५१ रनको अर्धस्तक पारी खेलदै आफ्नो टिमलाई जिताउन सफल भए । सरदार नटआउट रहदै म्यान अफदी म्याच समेत घोषित भए । लिटिल फलावर स्कुलका खेलाडी ललित यादव ३१ बलमा ३४ रन बनाएको थियो ।
केही बेरमा दोस्रो सेमिफाइनल खेल ईन्टर नेशनल बोर्डिङ स्कुल र शंकर माध्यमिक विद्यालय रुपनगर बिच खेल हुने छ । उक्त प्रतियोगिता खेलको आयोजक अभिषक गौतमका अनुसार फाइनल खेल भोली बिहान १० बजेदेखि शुरु हुने जानकारी गराए ।


