जनकपुर बोल्ट्सको लगातार तेस्रो जीत


कंचनपुर, मङ्सिर २० गते । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा लगातार तेस्रो जित हासिल गरेको छ ।
बिहीवार खेलिएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्समाथि सात विकेटले जित हासिल गरेको हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३८ रन बनाएको थियो । जवाफमा जनकपुर बोल्ट्सले १७.१ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ४३ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो ।

जारी एनपीएलमा जनकुपर बोल्ट्सले तेस्रो र पोखरा एभेन्जर्सले दोस्रो खेल खेलेका हुन् । जनकपुर बोल्ट्स यसअघि खेलिएको दुई खेलमा पनि विजयी भएको थियो । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो,भने दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी कर्णाली याक्समाथि आठ विकेटको जित हासिल गरेको थियो ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार