कञ्चनपुर ,मंसिर ११ गते । सप्तरी जिल्ला अदालत राजबिराजको फैसला बमोजिम फरार रहेका प्रतिवादीहरुलाई २ दिनमा ४० जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरीका अनुसार अदालतका फैसला कार्यान्वयनको सिलसिलामा मिति २०८१।०८।०९ गते देखी २०८१।०८।१० गते सम्म जिल्ला प्रहरी कार्यालय सप्तरी तथा जिल्ला प्रहरी कार्यालयको मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले ४० जनालाई पक्राउ गरेको हो ।
जिल्ला अदालतको फैसला बमोजिम ४० जनाको कुल जरिवाना रकम ८५ हजार ७सय एक रुपैयाँ रहेको छ भने,कैद सजा कुल ३ वर्ष ४ महिना २१ दिन रहेको जिल्ला प्रहरीले जनाएका छन् । जसमा कैद सजा अन्तर्गत कममा एक दिनदेखि बढीमा एक वर्षसम्म जिल्ला अदालत राजबिराजले फैसलामा तोकेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका ४० जनालाई प्रहरीले जिल्ला अदालत सप्तरी ,राजबिराजमा दाखिला गरिएको बस्नेतले बताए ।




