कञ्चनपुर ,मंसिर १० गते । “हामी सबैको प्रतिबद्धता लैङ्गकि हिंसा अन्त्यको लागि एकबद्धता” नाराकासाथ सप्तरीको कञ्चनरुप नगरपालिकाले आफ्नै प्राङ्गणभित्र दिप प्रज्वलन गरि अन्तर्राष्ट्रिय लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि शुरूवात गरेको छ ।
पालिकाको उप– प्रमुख मुनाकुमारी पोखरेलकी अध्यक्षतामा शुरूवात गरेको उक्त अभियानमा ईलाका प्रहरी कार्यालय कञ्चनपुर ,सप्तरीको डिएसपी महेन्द्र नेपाल , शस्त्रप्रहरीका डिएसपी , कञ्चनरुपका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का ,लेखा अधिकृत राजेश राज कर्णको सहभागिता रहेको थियो । यसैगरी वडा अध्यक्षहरुमा वडा नम्बर –१का रवान खान, २ का मेहदी हुसेन, ३ का गुल्टेन चौधरी , ६ का बच्चुलाल चौधरी ,७ का शमान्न चौधरी , ८ का कृष्णा प्रसाद साह विभिन्न शाखाका शाखा प्रमुखहरु सहित पालिकाका द्वन्द्वपीडित समितिका पदाअधिकारीहरुको सहभागिता थियो ।
उक्त अभियान कार्यक्रमको लागि इन्टरनेसनल अलर्ट समग्र जन उथान केन्द्र लहान,सिरहा , ईलाका प्रहरी कार्यालय ,कञ्चनपुर सप्तरी , महिला सञ्जाल ,कञ्चनपुरको समेत सहकार्य रहेको महिला विकास शाखा प्रमुख शुशिला चौधरीले बताइन् ।


