राजकुमार साह
कञ्चनपुर ,कार्तिक २४ गते ।सप्तरीको कञ्चनरुप नगरपालिका स्थित बरमझिया,सुब्बाटोल -३ द्वारा सञ्चालित ८ औं नक आउट फुटबल प्रतियोगिताको उपाधी आयोजक टिम गोल्डेन युथ ग्रुपले हात पारेको छ ।
बरमझियाको खेल मैदानमा शनिबार सम्पन्न खेलमा जन्डोल फुटबल कल्ब लाई २ -० गोलले पराजित गर्दै गोल्डेन युथ ग्रुपले उपाधि हात पारेको हो ।
प्रतियोगितामा विजय टिम गोल्डेन युथ ग्रुप का तर्फबाट जर्सी नम्बर – १० का नवीन माझी र जर्सी नम्बर- १३ का पृत्म चौधरीले गोल गरेका थिए । उक्त खेल प्रतियोगितामा विजेता टिमका वेस्ट गोल किपर प्रज्वल शेर्पा घोषित भए ।
सर्वाधिक गोल करता उपविजेता जन्डोल फुटबल कल्बका प्रवेश चौधरी घोषित भए । उनले खेल अवधिमा ४ गोल गरेका थिए । यसैगरी वेस्ट प्लेयर आयोजक टिमका खेलाडी पृत्म चौधरी घोषित भए भने म्यान अफदी म्याच कोमल खवास भयो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने गोल्डेन युथ ग्रुपले १५ हजार नगद सहित शिल्ड,ट्रफी हात पार्यो भने, उपविजेता जन्सोलले नगद १० हजार सहित ट्रफी हात पारे ।
गोल्डेन युथ ग्रुप सुब्बाटोल समितिका अध्यक्ष दिपेश चौधरीको अध्यक्षतामा आयोजित एक समारोहका विच विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरेको थियो ।
विजेता टिमलाई फाईनल कार्यक्रमका प्रमुख अतिथी वडा नमूना -३का वडा अध्यक्ष गुल्टेन चौधरीले पुरस्कार वितरण गरेका थिए भने,उपविजेता टिमलाई कञ्चनरुप नगरपालिकाको पुर्व मेयर वसन्त कुमार मिश्रले गरे । उक्त आयोजक कल्बका अध्यक्ष दिपेश कुमार चौधरीका अनुसार नक आउट फुटबल प्रतियोगिता वितेको १६ गते शुक्रबारदेखि सञ्चालन गरेको थियो ।प्रतियोगिता खेलमा जम्मा ८ ओटा टिम सहभागी थियो ।


