कञ्चनपुर , कार्तिक ४ गते । पुर्व- पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा आइतबार बिहान करिब ६:३० बजे बस दुर्घटना हुँदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ भने,२३ जना घाइते भएका छन् ।
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१२६ नम्बरको बस पल्टिँदा बसमा सवर रहेकी उदयपुरका करिब ५३ बर्षिया मैया राईको घटना स्थलमै मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बसमा सवार रहेको यात्रु मध्ये २३ जना र मोटरसाइकल चालक सहित घाइते भएका छन् । यात्रु सहित मोटर साइकल चालकलाई उपचारकालागि कञ्चनरुप -११ स्थित घर्मेश्वर अस्पताल कञ्चनपुर पठाएको प्रहरीले बताए । घाइते मध्ये केही गम्भीर घाइतेलाई थप उपचारको लागि बिराटनगरको न्युरो अस्पताल रेफर गरेका प्रहरीले जानकारी दिए ।
गाईघाटबाट काकरभिट्टा जाँदै गरेको उक्त बस बिपरित दिशाबाट आइरहेको स५प१५९३ नम्बरको मोटरसाइकलमा ठक्कर दिदा सो बस पल्टिएको प्रत्यक्ष दर्शिहरुले बताए । मोटर साइकल चालक कञ्चनरुप-२ बरमझियाको करिब २५ बर्षका सुमित पण्डित रहेको स्थानीयले बताए । पण्डित सक्त घाइते भएकोले थप उपचारको लागि बिराटनगर लगिरहेको परिवारिक स्रोतले जानकारी गराएको छ । घटना स्थलमा ईलाका प्रहरी कञ्चनपुरका प्रहरी र सशस्त्र प्रहरी बरमझियाले घाइतेहरुलाई उद्दार कार्य गरिरहेको छ ।
मृत्यक राईलाई पोसमार्टमकोलागी गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजबिराज पठाएको ईलाका प्रहरी कञ्चनपुरले बताए ।


