कञ्चनपुर , कार्तिक ४ गते । पुर्व- पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा बिहान करिब ६:३० बजे बस दुर्घटना हुँदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ ।
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१२६ नम्बरको बस पल्टिँदा बसमा सवार रहेकी उदयपुरका मैया राईको घटना स्थलमा नै मृत्यु भएको छ । बसमा सवार रहेको घाइते यात्रु सहित मोटर साइकल चालकलाई उपचारकालागि घर्मेश्वर अस्पताल कञ्चनपुर पठाएको प्रहरीले बताए ।
गाईघाटबाट काकरभीटा जाँदै गरेको उक्त बस बिपरित दिशाबाट आइरहेको स५प१५९३ नम्बरको मोटरसाइकलमा ठक्कर दिदा बस पल्टिएको प्रत्यक्ष दर्शिहरुले बताए । मोटर साइकल चालक कञ्चनरुप-२ बरमझियाको करिब २५ बर्षका सुमित पण्डित रहेको स्थानीयले बताए । पण्डित सक्त घाइते भएकोले थप उपचारको लागि बिराटनगर लगिरहेको परिवारिक स्रोतले जानकारी गराएको छ । घटना स्थलमा ईलाका प्रहरी कञ्चनपुरका प्रहरी र सशस्त्र प्रहरी बरमझियाले घाइतेहरुलाई उद्दार कार्य गरिरहेको छ ।


