राजकुमार साह
कञ्चनपुर,भदौ ७ गते । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिसा)को नतिजाअनुसार सप्तरीको १८ वटा पालिका मध्ये सुरुङ्गा नगरपालिका जिल्लाको अब्बल नगरपालिका सावित भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह स्वमुल्यान्कनको अन्तिम नतिजा बिहीबार सार्वजनिक गरेको छ । उक्त नतिजा अनुसार सुरुङ्गा नगरपालिकाले ६४.५० अंक प्राप्त गर्दै आफुलाई अब्बल साबित गरेको हो, भने छिन्नमस्ता गाउँपालिका ३२.०० अंक प्राप्त गरेर हालत खराबका अवस्थामा रहेको छ ।
नगरपालिकातर्फ कञ्चनरुप नगरपालिका ६२.२५ अंक प्राप्त गर्दा सप्तकोसी नगरपालिका ६०.५० अंक प्राप्त गरेको छ । यस्तै खडक नगरपालिकाले ५५.०० अंक प्राप्त गर्दा वोदेबरसाईन नगरपालिका ५३.२५ अंक सहित पाँचौ स्थानमा रहेको छ । शम्भुनाथ नगरपालिकाले ५३.०० अंक प्राप्त गर्दा राजबिराज नगरपालिकाले ५२.७५ अंक प्राप्त गरेको छ । यसैगरी डाक्नेश्वरी नगरपालिकाले ५१.७५ अंक प्राप्त गर्दा हनुमान नगर कन्कालिनी नगरपालिका ४८.५० अंक प्राप्त गरेर पुछरमा परेको हो । त्यसैगरी गाउँपालिकातर्फमा अग्निसाईर कृष्ण सवरण गाउँपालिका ५९.७५ अंक प्राप्त गरेर पहिलो भएको हो । त्यसपछि तिलाठी कोईलाडी गाउँपालिका ५५.०० अंक प्राप्त गर्दा बलानविहुल गाउँपालिका ४४.५० अंक प्राप्त गरेको छ । यस्तै रुपनी गाउँपालिकाले ४३.७५ अंक प्राप्त गर्दा तिरहुत गाउँपालिका ४२.०० अंकसहित पाँचौ स्थानमा रहेको छ ।

यसैगरी राजगढ गाउँपालिका ३५.७५ अंक प्राप्त गर्दा महदेवा गाउँपालिका ३३.७५ अंक प्राप्त गरेको छ, भने विष्णुपुर गाउँपालिकाको नाम सार्वजनिक नतिजामा उल्लेख गरेको छैन । गाउँ तथा नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरि शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानिय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उदेश्यले स्वमुल्यांकनको प्रणाली कार्यान्वयनमा ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सोहिअनुसार मन्त्रालयले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन ,वार्षिक वजेट तथा योजना तर्जुमा व्यवस्थापन ,वित्तिय एवम् आर्थिक व्यवस्थापन , सेवा प्रवाह, न्यायीक कार्यसम्पादन ,भौतिक पुर्वधार,सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद व्यवस्थापन सहित सहकार्य र समन्वय गरि १० वटा सुचांक नतिजाको गुणस्तर परिक्षण सम्पन्न गरेर मन्त्रालयले उक्त नतिजा सार्वजनिक गरेको हो ।


