सप्तरीमा तेल ट्यान्करको ठक्करबाट २ जनाको मृत्यु


राजकुमार साह
कञ्चनपुर ,साउन ३२ गते । पुर्व पश्चिम लोक मार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप–१० स्थित बदगमामा तेल ट्यान्करको ठक्करबाट मोटर साईकलमा सवार एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने, अर्को एक जनाको उपचारको क्रमामा मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ गैइरहेको को.१ख ७४१४ नम्बरको तेल ट्यान्करले बिपरित दिशाबाट आइरहेको प्रदेश.१.०२०४७ प १२८० नम्बरको मोटर साईकललाई करिब १२ः४० बजे दिउँसोको समयमा ठक्कर दिदा सुनसरी हरिनगरा गाउँपालिका ३ भौकरहा ,गौतमपुरका श्रीप्रसाद मेहताको छोरा ४१ वर्षीय महेश कुमार मेहताको शुक्रबार घटना स्थालमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

मोटरसाईकलमा सवार रहेका अर्को एकजना ४२ वर्षीय घाइते जय प्रकाश मेहतालाई उपचारको लागि कञ्चनरुप स्थित धर्मेश्वर अस्पताल पठाएको थियो । उक्त अस्पतालले थप उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पाल राजबिराज पठाएकोमा उपचारको क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यकको सहरजमिन मुचुल्का गरेर पोस्टमार्टमको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज पठाउन लागेकोले केही समय अबरुद्ध रहेको सडक सुचारु गराएको प्रहरीले जानकारी गराए ।

ठक्कर दिने तेल ट्यान्करको चालक सिरहाको कर्जन्हा नगरपालिका ३ का ३२ बर्षीय मिथलेश यादव र ट्यान्कर प्रहरीको नियन्त्रणमा रहेको डिएसपी नेपालले बताए ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार