कञ्चनपुर , कार्तिक ६ गते । सप्तरीको बरमझियामा बस दुर्घटनाबाट घाइते भएका कञ्चनरुप -२ का मोटर साइकल चालक २५ बर्षिय सुमित पण्डितको उपचारको क्रममा मृत्यु भएको छ ।
पुर्व- पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा बितेको आइतबार बिहान करिब ६:३० बजे बस दुर्घटना हुँदा पण्डित शक्त घाइते भएको थियो । पण्डितलाई बिराटनगरको न्युरो अस्पतालमा उपचार भैरहदा मंगलबार करिब ८:३० बजेको समयमा मृत्यु भएको परिवारिक स्रोतले बताए ।
बस दुर्घटनाको दिन एक जनाको घटना स्थलमा मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१२६ नम्बरको बस पल्टिँदा बसमा सवर रहेकी उदयपुरका करिब ५३ बर्षिया मैया राईको घटना स्थलमा नैमृत्युु भएको थियो ।
यात्रु सहित मोटर साइकल चालकलाई उपचारकालागि कञ्चनरुप -११ स्थित घर्मेश्वर अस्पताल कञ्चनपुर पठाएको प्रहरीले बताए । घाइते मध्ये केही गम्भीर घाइतेलाई थप उपचारको लागि बिराटनगरको न्युरो अस्पताल रेफर गरेको थियो । गाईघाटबाट कान्करभिट्टा जाँदै गरेको उक्त बस बिपरित दिशाबाट आइरहेको स५प१५९३ नम्बरको मोटरसाइकलमा ठक्कर दिदा सो बस अनियन्त्रित भएर पल्टिएको थियो ।


